साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
नेपाली कांग्रेसको भात्रृसंगठन नेपाली जनसम्पर्क समिति कतारले ४७ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नवौं वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
१४ फेबुअरी २०२३ कतार नेसनल सपोर्ट डे को दिन एक कार्यक्रमका बिच भव्यरुपमा सम्पन्न गरेको हो। समितिका कार्यबाहक सभापति ठाकुर कुमार परियारको सभापतित्वमा कार्यक्रमको प्रमुख अतिथि नेपाली जनसम्पर्क समिति कतारका संस्थापक प्रमुख सल्लाहकार एवं पूर्व महासमिति सदस्य बद्री पाण्डे रहेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिहरुमा संस्थापक सल्लाहकार एवं महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह, प्रमुख सल्लाहकार एवं महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, प्रतिनिधि राज रेग्मि, पूर्ब महाधिवेशन प्रतिनिधि संस्थापक एवं सल्लाहकार पूर्व पदाधिकारी बैचारिक संगठन प्रमुखहरू एवं प्रतिनिधि,एनआरएनए एनसिसी कतारका अध्यक्ष,मोहम्मद मुक्तदा मुसलमान लगाएतको उपस्थिति रहेको थियो ।
नेपाल पत्रकार महासंघ कतार साखाका सचिव अर्जुन पौडेल, नेपाली महिला समाज कतारकी बरिष्ठ उपाध्यक्ष माया केसी कलाकार एवं पत्रकारहरू, समाजसेवी, एकाइ अध्यक्ष एवं प्रदेश संयोजकहरु र नेपाली जनसम्पर्क समिति कतारमा आवद्ध क्रियाशील एवं सक्रिय सदस्यहरुको सहभागिता रहेको थियो।
समितिले हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरि राष्ट्रिय मेलमिलाप दिवस बनाउदै आइरहेको छ, भने बिगत २ बर्ष कोरोनाको कारण गर्न सकेको थिएन। २३० जना भन्दा बढ़ीको उपस्थित रहेको थियो। उक्त कार्यक्रममा सम्पुर्ण बक्ताहरुले बिपी महत्त्व बारेमा प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेका दृष्ट्रिकोण अहिले पनि उत्तिकै सान्दभिक मानिन्छ ।
राष्ट्रियता , पूजातन्त्र र आर्थिक समृद्धि राष्ट्रिय एकता तथा मेलमिलापबाट मात्र मात्रै सुनिश्चित हुने भन्दै ४७ बर्षअघि अवलम्बन गरेको नीति सान्दर्भिक रहेको बताउँछन । ०४६ सालमा मेलमिलापकै कारण गणेशमान सिंहको नेतृत्वमा कम्युनिस्ट पार्टीहरुसमेत सहभागी भएर जनआन्दोलन सफल भएको र कांग्रसको नेतृत्वमा प्रकाश पार्दै।
तत्कालिन नेपालको राजनीतिक समस्या जटिल भएको बेला देश र जनताको मायाले गर्दा आफ्नो ज्यानको कुनै प्रभाहा नगरी मिलमिलापको नीति लिएर स्व बि पी कोइरालाको नेत्रित्वमा नेताहरु स्वदेश फर्केको दिनलाई राष्ट्रिय एकता तथा मेलमिला दिवसको रुपमा मनाउदै आइरहेको र बर्तमान अवस्थामा अझ यसको महत्त्व बढेको सबैले प्रकाश पर्नु भएको थियो भने कलाकारहरुले उपस्थित सम्पुर्ण लाई गायन तथा नृत्यबाट आफ्नो प्रस्तुति दिदै मनोरंञ्जन प्रदान गरेका थिए।
कार्यक्रमलाई सफल बनाउन आफ्नो ठाउबाट सहयोग गर्नुहुने सम्पूर्ण , कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्य साथीहरू इकाई समितिहरू एवं प्रदेश संयोजक, मधेश विभाग, महिला विभाग कार्यक्रम ब्यवस्थापनमा खट्ने सम्पूर्ण साथीहरू, कलाकारकरु पत्रकारहरु सम्पूर्णलाई कार्यक्रमको सफलताको श्रेय दिदै कार्यक्रमका सभापति ठाकुर कुमार परियारले समापन गरेका थिए। कार्यक्रमको सहजिकरण महामन्त्री केदार भुसालले गरेका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend