logo
  • शनिबार, असोज १० २०८३

पौदी अमराई स्वास्थ्यचौकी २८ बर्षपछि आधुनिक भवनमा

स्वास्थ्य पुर्वाधारमा मुसिकोटको फड्को


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल,गुल्मी फागुन ३ ।

गुल्मीको मुसिकोट नगरपालिका–१ को पौदीअमराई स्वास्थ्यचौकीले २८ बर्षपछि आधुनिक भवनबाट सेवाप्रबाह सुरु गरेको छ । भवनको पुर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले उद्घाटन गरे ।भवन उद्घाटन गर्दै पुर्वमन्त्री बिष्टले विकासलाई खुसीसंग जोड्नुपर्ने बताए । गाउँ–गाउँमा विकासका पुर्वाधार निर्माण हुँदा पनि नागरिकले घर छोड्ने र दुखी बन्ने अवस्था रहेकाले राजनीतिलाई दलगत दाउपेच र स्वार्थसंग नभएर जनताको समृद्धिसंग जोडनु पर्ने बिष्टले बताए । बिष्टले पद भन्दा जनताका शिक्षा, स्वास्थ्य, सडक, बिद्युत, खानेपानी लगायतका आधारभुत आवश्यकताका बिषय संसदमा उठ्नुको सट्टा संसद दल–दलबिच आरोप–प्रत्यारोप गर्ने थलो बनिरहेको बताए ।

०५१ सालमा स्थापना भएको स्वास्थ्यचौकी दुई कोठे कच्ची भवनबाट संचालन गरिएको थियो । शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाई रुपन्देही मार्फत बाँसुरी डि एण्ड डि÷पुष्पाञ्जली जे.भिले भवनको निर्र्माण गरेको वडाध्यक्ष मोहन घिमिरेले जानकारी दिए । एक करोड ५१ लख ६८ हजार तीन सय ४६ रुपैयाँको लागतमा इलेक्ट्रिकल तथा सेनेटरी सुविधासहितको दुई तल्ले १८ कोठे आरसिसि स्वास्थ्यचौकी भवन र शौचालय निर्माण गरिएको घिमिरेले बताए ।

स्वास्थ्यचौकी भवन नहुँदा सेवाप्रबाहसहितको व्यावस्थापनमा निकै चुनौति रहेको थियो । ‘ख’ बर्गको स्वास्थ्यचौकी भवन निर्माण भएपछि बर्थिङ्ग सेन्टरसहितको सेवा व्यवस्थित गर्न सकिएको स्वास्थ्यचौकी इन्चार्ज प्रतिमा श्रेष्ठले जानकारी दिइन् । स्वास्थ्यचौकीबाट दैनिक २०÷२५ जनाले सेवा लिने गरेका छन् । मुसिकोट नगरपालिकामा धमाधम स्वास्थ्यचौकीका भवन निर्माण भइरहेका छन् । वडा नं १, ३, ५ र ६ मा आधुनिक स्वास्थ्यचौकी भवन निर्माण भएका छन् ।

वडा नं ४ र ८ मा स्वास्थ्यचौकी निर्माणाधिन अवस्था रहेका छन् । त्यस्तै वडा नं २ र ९ मा चौकीको लागि प्रस्ताव पेश गरिएको छ ।
भने वडा नं ७ मा १५ शैयामा आधुनिक अस्पताल भवन निर्माणको काम भइरहेको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुवंरले जानकारी दिए । उनका अनुसार नगरमा सात वटा स्वास्थ्यचौकी, दुई आधारभुत स्वास्थ्यकेन्द्र, तीन शहरी स्वास्थ्य केन्द्र, दुई सामुदायिक स्वास्थ्य इकाई रहेका छन् । पालिका भित्र सात बर्थिङ्ग सेन्टर र चार एम्बुलेन्स रहेको छ ।

मुसिकोट नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा विभिन्न रचनात्मक काम गरिरहेको छ । गर्भवती तथा सुत्केरीहरुलाई निशुल्क एम्बुलेन्स सेवा, गर्भवतीसंग उपप्रमुख कार्यक्रम अन्तरगत पोशिलो झोला वितरण तथा पोषणमैत्री र जिरो होम डेलिभरी पालिका घोषणा उन्मुख काम भइरहेको मुसिकोट नगरपालिकामा मेयर जीवन खरेलले बताए ।

उनले पालिका भित्र थुप्रै भौतिक संरचनाका कामहरु भएकाले अब सेवा प्रबाहलाई गुणस्तरिय बनाउन जरुरी रहेको बताए । कार्यक्रममा पुर्वमन्त्री गोकर्ण बिष्टसहित जिल्ला समन्वय समिति अध्यक्ष द्रोर्ण खत्री, उपप्रमुख तेजेन्द्र सलामी, पुर्व मेयर सोमनाथ सापकोटा, उपमेयर गंगा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुवंर तथा राजनैतिक दलका प्रमुख एवं प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend