logo
  • शनिबार, साउन ३० २०८३

संसदमा जनताका आवाज उठ्नुपर्छ : पुर्व मन्त्री बिष्ट


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल,गुल्मी फागुन २ ।

पुर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले संसद दल–दलबिच आरोप र प्रत्यारोप गर्ने थलो बनाउन नहुने बताए । बिष्टले पद भन्दा जनताका शिक्षा, स्वास्थ्य, सडक, बिद्युत, खानेपानी लगायतका आधारभुत आवश्यकताका बिषय संसदमा उठ्नुको सट्टा संसद दल–दलबिच आरोप–प्रत्यारोप गर्ने थलो बनिरहेको बताए । जनज्योति मावि मुसिकोट नगरपालिका–१ अरेवाको १२ कोठे नवनिर्मित भवनको उद्घाटन तथा ६४ औ बार्षिक उत्सवलाई संबोधन गर्दै राजनीतिक दाउपेचका कारण जनताका आधारभुत आवश्यकता गुम्राहमा परेको बताउँदै राजनीति जनताको समृद्धिमा प्रयोग गर्न आग्रह गरे । त्यस्तै उनले एकतातिर करोडौका बिद्यालय भवन निर्माण भइरहेका बेला अर्कोतिर बसाईसराईले गाउँ रित्तो बन्ने बिडम्बना देखिएको बताए । ‘बसाईसराईले गाउँहरु रित्ता हुँदै गए । बिद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना मात्रै बनिरहेका छन्,’उनले भने,‘गाउँमा गुणस्तरिय शिक्षा र जीविकोपार्जनका उपायहरु सोच्नुपर्छ ।’

बिद्यालय निर्माणको लागि आर्थिक बर्ष ०७७÷०७८ मा राष्ट्रिय पुर्निमाण प्राधिकरणबाट ७० लाख, संघिय शसर्त अनुदान ७५ लाख र आर्थिक बर्ष ०७८÷०७९ मा संघिय शर्सत अनुदान ६६ लाख, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट १८ लाख तथा बिद्यालयको १६ लाख ५० हजार गरेर दुई करोड ४५ लाख ५० हजारको लागतमा १२ कोठे भवन तथा सभाहल निर्माण गरिएको बिद्यालयका प्रध्यानाध्यापक इश्वरीप्रसाद आचार्यले जानकारी दिए ।त्यस्तै पुर्व मन्त्री बिष्टले जनज्योति मावि मुसिकोट नगरपालिका–१ पैदी अरेवाले बिद्यालयको हिरक महोत्सवको अवसरमा सवैभन्दा बढि चन्दा प्रदान गर्ने व्यक्तिको शालिकको अनावरण तथा स्मृति कक्षको उद गरेको छ । मुसिकोट नगरपालिका–१ पौदी अरेवा निवासी स्वर्गीय डालेश्वर भुसालले सम्झनामा बिद्यालय प्राङगणमा शालिक निर्माण गरिएको बिद्यालय व्यावस्थापन समिति अध्यक्ष भुपेन्द्र रायमाझीले बताए ।

डालेश्वर भुसालको परिवारले बिद्यालयको लागि १५ लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ प्रदान गरेका थिए । भुसालको ०७८ बैशाख २० गते निधन भएको थियो । त्यस्तै उमानन्द भुसालको नाममा स्मृति कक्षा निर्माण गरिएको छ । उनले बिद्यालयलाई पाँच लाख एक रुपैयाँ सहयोग गरेको बिद्यालय व्यावस्थापन समिति अध्यक्ष रायमाझीले बताए ।साथै बिद्यालयको हिरक महोत्सव स्मारिक बिमोचन, चन्दादाता र बिद्यालयका विभिन्न पुरस्कार बितरण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय लोक दोहरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपाने, मेक्सम खाती, सुजता परियार लगायतको बजोड सांगितीक प्रस्तुती रहेको थियो । सोहि अवसरमा बिद्यालयमा शिक्षक तथा बिद्यार्थीहरुले विभिन्न नृत्य तथा अभिनय प्रस्तुत गरे ।

बिद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद आचार्यले बिद्यालयको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पुर्व मन्त्री बिष्टसहित मुसिकोट नगरपालिकाका मेयर जीवन खरेल, पुर्व मेयर सोमनाथ सापकोट, उपमेयर गंगा श्रेष्ट, वडाध्यक्ष मोहन घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend