logo
  • शनिबार, भाद्र २० २०८३

प्यूठान डान्स आईडलमा नौ स्थानिय तहबाट १ सय २२ जना छनौट 


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क,प्यूठान २९ ।

प्यूठान डान्स आइडल २०७९ ले जिल्लाका सबै स्थानीय तहमा पहिलो चरण अन्तर्गतको अडिसन सम्पन्न गर्दा १ सय २२ जना छनौटमा परेका छन् । ९ वटै स्थानिय तहमा पहिलो चरणको अडिसन सम्पन्न भएको डान्स आइडल व्यवस्थापन समितिाका संयोजक प्यार अलि खानले जानकारी गराए । फागुन २ तथा ३ गते हुने दोश्रो तथा तेश्रो राउण्डबाट उत्कृष्ठ ३० जना प्रतियोगीले फाल्गुन ४ देखि सञ्चालन हुने महोत्सवमा प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको खानले बताएकाछन् । उनले भने, `जिल्ला भित्र रहेका प्रतिभा छानेर ल्याएका छौं, उत्कृष्ठ छान्दै आइडल बनाउने हो।’आइडल उपाधी जित्नेले ५५ हजार ५ सय रुपैयाँ नगद सहित ट्रफी र प्रमाण पत्र पाउने छ। दोस्रोले ३३ हजार ३ सय ३३ रुपैयाँ तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ, ट्रफी प्रमाण पत्र पाउने आइडल व्यवस्थापन समितिले जनाएको छ। प्रतियोगीको नृत्य प्रतिभालाई नृत्य निर्देशक सुशिला नेपाली तथा राजबाबु नेपालीले मूल्याङ्कन गर्दै आएका छन्।

निर्णायकको मूल्याङ्कन तथा महोत्सवमा मेला भर्न जाने दर्शकको भोटका आधारमा विजेता घोषणा गरिने आइडल व्यवस्थापन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend