logo
  • शनिबार, असोज १० २०८३

प्यूठान महोत्सव सम्वन्धी उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कार प्रदान गरिने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क,प्यूठान माघ २७ ।

स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सव २०७९ प्रवद्र्धनका लागि उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कार प्रदान गरिने भएको छ । शुक्रवार बसेको डिजिटल मेला महोत्सव प्रवद्र्धन समितिको बैठकले दुई विधाको टिकटक प्रतियोगिता संचालन गर्ने निर्णय गरेको हो ।महोत्सव अगावै प्रवद्र्धनात्मक तथा सिर्जनशिल टिकटक मध्ये उत्कृष्ट तीनलाई पुरस्कारको व्यवस्था गरिएका समितिका संयोजक डिल्लीराम पराजुलीले बताउनुभयो । दोश्रो चरणमा महोत्सव अवधि र स्थलमै टिकटक बनाउने उत्कृष्ट तीन जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

महोत्सव प्रचार प्रसारलाई टेवा पुग्ने र जिल्लाको पहिचानलाई बढाउने गरी प्रतियोगितालाई प्राथमिकता दिइएको समितिले जनाएको छ ।भिडियोहरु ३उथगतजबलmबजयतकबख ह्यास ट्याग अनिवार्य प्रयोग गरिएको हुुनपर्नेछ ।

महोत्सवलाई प्रविधियुक्त बनाउन विभिन्न योजनाहरु अघि सारिएको समितिका सहसंयोजक एलवी थापाले जानकारी दिनभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend