logo
  • शनिबार, असोज १० २०८३

नाफासँगै सामाजिक क्षेत्रमा पनि लगानी गर्न प्रजिअ अर्यालको आग्रह


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क,प्यूठान माघ २७ ।

उद्योग व्यवसाय निश्चित मुनाफ कमाउने क्षेत्र भए पनि सामाजिक क्षेत्रमा समेत लगानी गर्न प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।प्यूठान उद्योग बाणिज्य संघले आज संघको सचिवालय खलंगामा गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले समस्यामा परेकाहरलाई राहत उपलब्ध गराउने गरी सामाजिक क्षेत्रमा समेत सहयोग गर्न आग्रह गर्नुभएको हो ।

नवआगन्तुक प्रमुख जिल्ला अधिकारी अर्यालले आईपर्ने समस्याको सरोकारवालाहरुसँगको समन्वयमा समाधानका उपाए खोजिने उल्लेख गर्नुभयो । उद्योगी व्यवसायीहरुको उन्नती र प्रगतिले नै देशको उन्नती प्रगति गर्न सक्ने भएकाले व्यवसायीहरुको समस्या समाधानमा ध्यान दिने उहाँको भनाई थियो ।

महोत्सवको सन्भर्द जोड्दै उहाँले लेखनाथ उद्योग बाणिज्य संघबाट सुरुवात भएको महोत्सवले स्थानीय कला संस्कृति, परम्परा, पर्यटन, व्यापार तथा उद्योग प्रवद्र्धनमा टेवा पुग्ने उहाँले बताउनुभयो । स्वागत ग्रहण गर्दै जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक सुवाश खड्काले जिल्लाका चोरीका घटनाहरु भन्दा हल्ला धेरै भएको भन्दै समस्या समाधानका लागि आफुहरु तयार रहेको बताउनुभयो ।

नवआगन्तुक प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरिक्षकलाई प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले स्वागत गर्नुभएको हो । कार्यक्रममा जिल्लाको समग्र विकास निर्माण सहित स्वागत मन्तव्य संघका पूर्व अध्यक्ष इमानसिंह भारतीले राख्नुभएको थियो ।

बाग्दुलाको बाटो र जिल्लामा पाठ्यपुस्तकको समस्याका बारेमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्यूठानका अध्यक्ष सुवासचन्द्र भण्डारीले राख्नुभएको थियो ।

संघको बैठक हलमा आयोजना गरिएको कार्यक्रममा संघका पदाधिकारी, पूर्व अध्यक्ष, सल्लाहकार, बस्तुगत तथा एशोसियट सदस्य, उद्योग, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend