logo
  • शनिबार, भाद्र २० २०८३

कतार नेपाली एकता समाजद्वारा बृहत् वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम हुँदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा कतार।
कतार नेपाली एकता समाजको आयोजनामा बृहत् वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

समाजले आगामी आउदो मार्च १० तारिक शुक्रबारका दिन विगतका वर्षहरूमा जस्तै यस बर्ष पनी भब्य “बृहत् वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम को आयोजना गर्न लागिएको कार्यवाहक अध्यक्ष राम प्रसाद पराजुलीले बताउनु भयो ।

कार्यक्रममा कतारमा रहेका विभिन्न स्थानीय कलाकारहरुको बेजोड रक्तिम सांस्कृतिक प्रस्तुतिमा मनोरञ्जन लिदै विभिन्न खानाका परिकारहरुको साथमा सहानिया स्थित अलदोसरी गार्डेनमा हुने तय भएको पराजुलीले साझा नेटवर्कलाई जानकारी गराउनु भयो।

कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण बैचारिक संघसंगठन, सामाजिक संस्था, सामाजिक क्षेत्रका सामाजिक अभियन्ताहरु, ब्यावसायीहरु पत्रकार महासंघ, सम्पुर्ण साहित्यक बिभागकाहरु, महिला समाज, बुद्धिजीवी, कला क्षेत्रका सम्पुर्ण बिभागहरु, तथा विभिन्न क्षेत्रमा आर्थिक नैतिक भौतिक सहयोग गर्दै आउनु भएका कतारलाई कर्मथलो बनाई बसोबास गर्नुहुने।

सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी-बहिनीहरूमा कार्यक्रमलाई भव्य तथा सभ्य रूपमा सफल बनाउन सम्पूर्णको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको कतार नेपाली एकता समाजले जनाएको छ।

सन् १९९९ मा स्थापना भएको यस समाजले प्रवासी नेपालीहरुको हकहित तथा विविध सामाजिक, आर्थिक गतिविधिमा उल्लेख्य योगदान दिदै आएको छ । साथै उक्त दिन कुनैपनि संघ-संस्था हरुले कार्यक्रम नजुधाईदिनुहुन बिनम्र अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend