logo
  • शुक्रबार, असोज ९ २०८३

नृत्य प्रतिभा खोज्दै प्यूठान डान्स आइडल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,प्यूठान माघ २६ ।

स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सवको एक महत्त्वपूर्ण संस्करण प्यूठान डान्स आइडल कार्यक्रमले नृत्य प्रतिभाको खोजी गर्दै अघि बढेको छ । डान्स आइडल कार्यक्रमले जिल्लाभर छरिएर रहेका नृत्य प्रतिभाको उजागर गर्ने प्यूठान डान्स आइडलका संयोजक प्यार अलि खानले दाबी गरे। ‘जिल्लामा लुकेर रहेका प्रतिभाहरुलाई खोज्दै छौं ।’ खानले भने, ‘हामी ९ वटै पालिकामा पुगेर नृत्य प्रतिभा पहिचान गर्दै उनीहरूको प्रतिभालाई प्रस्फुटन गराउने छौं ।’

प्यूठान डान्स आइडलले जिल्लाका सबै पालिकामा अडिसन लिँदै अघि बढेको छ। अहिले सम्म सरुमारानी, माण्डवी, स्वर्गद्वारी र ऐरावती र गौमुखीमा अडिसन कार्यक्रम सम्पन्न गरेको आइडल व्यवस्थापन समितिका सदस्य सुजल श्रेष्ठले जानकारी दिए । आज बिहिबार झिम्रुक गाउँपालिकाको गौमुखी बहुमुखी क्याम्पसमा अडिसन हुँदै छ।गौमुखी अडिसनमा ७ जना प्रतियोगी छनौट भए संगै अहिलेसम्म ६४ जना प्रतियोगीले पहिलो चरण पार गरेका छन्। शुक्रवार नौबहिनी गाउँपालिकाको गंगा मावि बहानेमा अडिसन हुनेछ। आइडल विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, फस्ट रनरअपले ३३ हजार ३ सय ३३ रुपैयाँ र सेकेण्ड रनरअपले २२ हजार २ सय २२ रुपैयाँ ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् ।

जिल्लाभरबाट छानिएका प्रतियोगीले फागुन २ गते र ३ गते थप प्रतिस्पर्धा गर्नुपर्ने छ। आइडलको थप २ वटा राउण्ड होटल आयुष्मा जुम्रीमा गरिने भएको छ।उत्कृष्ठ २० जनालाई स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सवमा सहभागिता गराइने छ। निर्णायकको मूल्यांकन तथा मेलामा सहभागी हुने दर्शकको भोटिङका आधारमा विजेता घोषणा गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।

स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सव यहि फागुन ४ देखि १४ गतेसम्म गणतान्त्रिक खेल मैदान विजुवारमा आयोजना हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend