logo
  • शनिबार, असोज १० २०८३

प्यूठान महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर संचालन हुने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

स्मृति घर्तिमगर,प्यूठान माघ २० ।

आगामी फागुन ४ गतेदेखि हुन गइरहेको स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सवमा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
स्वास्थ्य शिविर व्यवस्थापन समितिले महोत्सव अवधिमा ४ गतेदेखि १० गतेसम्म शिविर संचालन गर्ने निर्णय गरेको समितिका संयोजक एवं प्यूठान उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रेशम के.सी.ले जानकारी दिनुभयो । लुम्बिनी सिटी अस्पताल तथा मेडिकल साईन्स प्रा.लि. बुटवलसँगको सहकार्यमा शिविर संचालन गरिने उहाँले बताउनुभयो ।

शिविरमा विरामी जाँच, ल्याव, एक्सरे, औषधी लगायतका सुविधा निःशुल्क प्रदान गरिने लुम्बिनी सिटी अस्पतालका सञ्चालक बसन्त जिसीले बताउनुभयो । प्रत्येक दिन फरक फरक क्षेत्रका विशेषज्ञ सेवा उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । शिविर व्यवस्थापनका लागि विजय फूलवारी बचत तथा ऋण सहकारी संस्थाले समेत सहकार्य गरेको छ ।

शिविरमा खटिने स्वास्थ्यकर्मी सहितको जनशक्तिलाई आवास तथा खानाको व्यवस्था सहकारी मार्फत हुने सहकारीका व्यवस्थापक प्रकाश बैद्यले जानकारी दिनुभयो । महोत्सव स्थलमै स्वास्थ्य शिविर संचालन हुने भएकाले प्रवेशका लागि भने टिकट अनिवार्य रहेको महोत्सव सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend