logo
  • शनिबार, असोज १० २०८३

रेसुङ्गा गुल्मी जेसिजको प्रथम पद हस्तान्तरण


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री
१५ माघ, गुल्मी । गुल्मीमा रेसुङ्गा गुल्मी जेसिजको प्रथम पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रम गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा शनिबार निवर्तमान अध्यक्ष धर्मराम पाण्डेले वर्तमान अध्यक्ष बिजय पन्थीलाई पद हस्तान्तरण गरेका हुन्

नेतृत्व र क्षमता विकास कार्यक्रममा काम गर्दै आएको रेसुङ्गा गुल्मी जेसिज सन् २०२१ मा दर्ता भएको थियो । जसको दुई वर्षे कार्यकाल हुन्छ । सोही समयावधिको कार्यकाल सकाएर अध्यक्ष धर्मराज पाण्डेले पद हस्तान्तरण गरिएको थियो ।

रेसुङ्गा गुल्मी जेसिजको सबै पदाधिकारीसहित कार्यसमिति सर्वसम्मत चयन भएको हो । कार्यक्रममा जेसिज पाल्पा र देवदहको टिम पनि गुल्मी आएको थियो । पद हस्तान्तरण कार्यक्रममा नेतृत्व र क्षमता विकास गर्ने जेसिजमा निर्वाचित टिमलाई बधाई ज्ञापन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend