logo
  • शनिबार, साउन ३० २०८३

पहिलो पटक म्युजिक भिडियोमा उपासना


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौं ।
“बिजुली” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
गायक जनक ताम्राकारको स्वरमा सार्वजनिक भएको यो गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ । सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक निराजन प्रधान र नायिका उपासना सिंह ठकुरीको अभिनय देख्न सकिन्छ ।
गीतको भिडियोमा निराजन र उपासनाको रोमान्टिक अवतार हेर्न सकिन्छ। भिडियोले काम गर्दै गरेको बखत विज्ञापनमा देखिएकी मोडललाई गरेको प्रेम कथालाई देखाएको छ।उपासनाको यो पहिलो म्युजिक भिडियो हो । उनले फिल्ममा मात्रै अभिनय गदै आएकी थिइन् ।निराज भने पछिल्लो समयका व्यस्त मोडल हुन् ।

एकपछि अर्को सफल म्युजिक भिडियोमा अभिनय दिइरहेका निराजनले उपासनासँग भिडियोमै जोडी बाध्न सफल भएका छन् ।सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाईँले निर्देशन गरेका हुन् । थुप्रै म्युजिक भिडियो निर्देशन गरेका हुमागाईँले यस पटक पनि भिडियोमा एउटा फरक कथा बुनेका छन् ।

भिडियोमा उत्तम हुमागाँइको छायांकन रहेको छ भने, प्रविन मानन्धरको वीएफएक्स, कलरिङ र सम्पादन रहेको छ । यस्तै, भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ भने, उदयराज पौडेलको एरेन्ज, शैलेन्द्र एम प्रधान (बाबु)को मिक्सिङ मास्टरिङ रहेको छ ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend