साझा नेटवर्क
साझा नेटवर्क, कतार।
दाङ्ग देउखुरी सेवा समाज कतारले छैठौ साधारण सभा सम्पन्न भएको छ।
२७ जनवरी २०२३ सुक्रबार का दिन सनैया पल्जा मल स्थित रहेको व्हिट हाउस रेस्टुरेन्टको सभाहलमा संस्थाको अध्यक्ष छबिलाल बुढाथोकीको सभापतित्वमा संस्थापक अर्जुन खड्काको प्रमुख आतिथ्यतामा। संस्थापक, बरिष्ठ सल्लाहकार कमलमणि गुरागाईं, संस्थाका व्यक्तित्वहरु, लुम्बिनी प्रदेश समन्वय परिषदका अध्यक्ष बुद्द पाण्डे लगायत संघ संस्थाहरुको उल्लेखनीय उपस्थित रहेको थियो।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश समन्वय परिषदका अधक्ष्य अध्यक्ष बुद्द पाण्डे, रोल्पा जलजल सेवा समाज, अध्यक्ष देवराज पुन, बुद्दभुमि कपिलवस्तु सेवा समाज कतारका महासचिव राजेन्द्र पाण्डे,अर्घाखाँची सेवा समाज कतारका द्वितीय उपाध्यक्ष नेत्र प्रसाद आचार्य, लगायत बक्ताहरुले सुभकामना मन्तव्य राखेका थिए।
त्यस्तै संस्थाको संगठानिक प्रतिवेदन महासचिव गोपाल पोखरेलले प्रस्तुत गरेका थिए । स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष रण बहादुर केसी गरेका थिए । निबर्तमान अध्यक्ष छबिलाल बुढाथोकीले आफ्नो कार्यकालको दौरानमा विभिन्न्स समय सहयोग गर्नुहुनुहुने सम्पूर्ण कार्यसमिति पदाधिकारी संघ संस्थाहरु, सामाजिक व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद प्रकट गरे।
नयाँ कार्य समिति चयन
संस्थाको छैठौ साधारण सभाबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ । जसको अध्यक्षमा रण बहादुर चयन भए संगै सभाको बन्दसत्रले रण बहादुर केसी को अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्ष – केशब बुढा ,उपाध्यक्ष – उषा परियार, उपाध्यक्ष – मनिशा खड्का, महासचिव – बसन्त कवर, सचिव- चिन्तामणि भुसाल, कोषाध्यक्ष – छबिलाल परियार,सह- कोषाध्यक्ष प्रेम चौधरी चयन भएका छन ।
त्यस्तै संस्थाको कार्यसमिति सदस्यहरुमा खेतुलाल थापा, देवा अधिकारी, भुषन पन्थी ,साजना स्वर्णकार, जंग बहादुर रोका, सुरत शाही, लाल सिं बि क,माधव भन्डारी, बिना मगर, नारायन थापा, शिव कुमार चौधरीलाई निर्वाचन मण्डल संयोजक बल देब रानाको संयोजकत्वमा देवराज पुन र राजेन्द्र पाण्डे रहेका थिए। निर्वाचित पदाधिकारीहरुलाई संयोजक रानाले गोपनियताको सपथ ग्रहण गरेका थिए।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend