logo
  • शनिबार, असोज १० २०८३

५५ बोरा मल सहित ट्याक्टर पक्राउ


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

 

प्रिन्स मिश्रा, कपिलवस्तु १४ माघ ।  कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट प्रहरीले ५५ बोरा मल सहित एक ट्याक्टर पक्राउ गरेको छ। गाउँपालिकाको विचौवापुरबाट नम्बर बिनाको ट्याक्टरमा ढुवानी गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पकडीको प्रहरी गस्ती टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनु भयो। ट्याक्टरमा सरकारी अनुदानको मल अवैध रूपमा ओसार पसार भएको प्रहरीले जनाएको छ । ढुवानी गरेको ट्याक्टरको दर्ता नम्बर नभएको हुँदा शङ्कास्पद देखिएको बोहराले जानकारी दिनु भयो। घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरि थप अनुसन्धान सुरु गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend