logo
  • शनिबार, साउन ३० २०८३

लोकप्रिय गायक रामचन्द्र चन्दको आवाजमा “आमा छाति चिरिन्छ” गित बजारमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

चक्र चन्द , काठमांडू माघ ६ ।

आज्ञा कृयशनको प्रस्तुतिमा लोकप्रिय गायक रामचन्द्र चन्दको आवाज रहेको बिल्कुलै नयाँ गित ” आमा छाति चिरिन्छ” बजारमा सार्वजनिक भएको छ ।विक्रमबाबू विश्वकर्माको शब्द सिर्जना रहेको गितमा गायक राजेन्द्र लम्साल क्षेत्रीको स्वर / सँगित र अग्रज श्रष्टा बद्री पराजुलीको सृजनालाई नयाँ रूपमा प्रस्तुत गरिएको छ । गित रामचन्द्र चन्द को आफ्नै अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । गितमा आमाको महिमालाई उत्कृष्ट ढंग बाट प्रस्तुत गरिएको छ ।

गित सार्वजनिक गर्दै गायक रामचन्द्र चन्दले भनेका छन् । “आमा भगवान हुन सन्तान को लागि सर्बसुख आमा धर्ति हुन् ! नेपाली शब्दकोशका लाखौं शब्द मध्य सबैभन्दा प्रिय शब्द हो आमा,हरेक प्राणीले कहिलै तिर्नै नसक्ने गुण उसको आफ्नै आमाले निस्वार्थ लगाएको गुण मात्रै हो भनेर भन्दा अत्युक्ति नहोला । संसारका सबै सुख त्यागेर आफ्नो सन्तान को लागि आफ्नो जिबन समर्पण गर्ने आमाको खाँतिर यो प्रिय शृजना निर्माण गरेका छौं सबैले माया गरिदिनुहोला ।

भिडियो सहित…

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend