logo
  • शुक्रबार, असोज ९ २०८३

सम्माननीय राष्ट्रपतिको उपस्थितिमा रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, ६ माघ ।  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन गरिएको रारा राष्ट्रिय म्यूजिक अवार्ड-२०७९ भव्यताको साथ्  समपन्न भएको छ । समारोहमा नेपाली गीत संगीतमा विशिष्ट योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मानित गरिएको थियो । विशिष्ट सङ्गीतकार/गायक शम्भुजीत बास्कोटा, मौलिक देउडाका अग्रज गायक/सङ्गीतकार संस्कृतीविद्व नन्दकृष्ण जोशी, वरिष्ठ समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ रास्ट्रपतिबाट सम्मानित हुनुभएको छ।

कर्णाली कलाकार समाज तथा कनका सुन्दारी फिल्मस प्रा.लि.द्वारा आयोजित उक्त कार्यक्रममा विबिध मौलिक प्रस्तुतिहरूको साथै गीत सङ्गीतका ४७  विधाका विजेताहरूलाई अवार्ड प्रदान गरिएको अवार्ड कार्यक्रमका अध्यक्ष पदम रोकायले जानकारी गराउनुभएको छ। कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मौलिक कला संस्कृती र कलाकारहरू प्रती सधैं सम्मान तथा सहयोग रहने बताउनुका साथै कार्यक्रम आयोजकलाई विशेष धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend