logo
  • शनिबार, साउन ३० २०८३

६२ उम्मेदवारको चुनावी खर्च तीन करोड


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

 

हुमाकान्त पोखरेल
गुल्मी, ६ माघ । गत मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै उम्मेदवारले खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीले दिएको जानकारी अनुसार प्रतिनिधि सभाका २३ र प्रदेश सभाका ३९ गरी ६२ उम्मेदवारले कुल दुई करोड ७६ लाख १६ हजार ७४ रुपैँया ७६ पैसा खर्च गरेको विवरण पेश गरेका हुन् ।

निर्वाचितमध्ये गुल्मी क्षेत्र नम्बर १ का सासंद चन्द्रकान्त भण्डारीले २९ लाख एक हजार पाँच सय र क्षेत्र नम्बर २ का सासंद गोकर्ण विष्टले २३ लाख ३१ हजार खर्च गरेको विवरण पेश गरेका छन् । भण्डारी काँग्रेस र विष्ट एमालेबाट निर्वाचित भएका हुन् । त्यस्तै काँग्रेसबाट निर्वाचित क्षेत्र नम्बर १ ‘ख’ का सासंद धनेन्द्र कार्कीले १६ लाख ५० हजार, एमालेबाट निर्वाचित क्षेत्र नम्बर १ ‘क’ का सासंद चिन्तामणी पाण्डेले ११ लाख ५० हजार ४४०, क्षेत्र नम्बर २ ‘क’ का सासंद डिल्लिराज भुसालले १४ लाख ५० हजार ४१३ र ‘ख’ का सासंद दिनेश पन्थीले छ लाख खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेश गरेका छन् । निर्वाचित प्रदेश सासंदमध्ये सबैभन्दा कम पन्थी र सबैभन्दा बढी कार्कीले खर्च गरेका छन् ।

प्रमुख प्रतिद्धन्द्धीमध्ये क्षेत्र नम्बर १ मा एमालेका प्रदिप ज्ञवालीले २२ लाख ३५ हजार र क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका रामकुमारी झाँक्रीले २६ लाख खर्च गरेको विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयका कम्युटर अपरेटर अर्जुन पन्थीले जानकारी दिए । प्रदेश सभा निर्वाचनतर्फ प्रमुख प्रतिप्रस्र्धीमध्ये क्षेत्र नम्बर १ ‘क’ मा उम्मेदवार रहेका माओवादी केन्द्रका सुदर्शन बरालले १४ लाख १५ हजार पाँच सय, क्षेत्र नम्बर १ ‘ख’ का एमाले उम्मेदवार फर्सुराम पाण्डेले १४ लाख ३४ हजार ९१९, क्षेत्र नम्बर २ ‘क’ मा नेपाली काँग्रेसका भुवन प्रसाद श्रेष्ठले १४ लाख ५१ हजार र क्षेत्र नम्बर २ ‘ख’ मा माओवादी केन्द्रका बुद्धि जिसीले १३ लाख ९० हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेश गरेका छन् । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ का उम्मेदवार पदम रसायलीले कत्ति पनि रकम खर्च नगरेको विवरण पेश गरेका छन् ।

निर्वाचन आयोगले गुल्मी १ को लागि ३१ लाख र गुल्मी २ को लागि २९ लाखसम्म निर्वाचन खर्च गर्न पाउने गरी नियमावली बनाएको थियो । निर्वाचनको मत परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने निर्वाचन आयोगले नियमअनुसार सबै उम्मेदवारले खर्च विवरण पेश गरेका छन् । जसले गर्दा यसपटक कुनै पनि उम्मेदवार खर्च विवरण नबुझाएकै कारण आयोगको कारवाहीमा भने परेका छैनन् ।

भएभन्दा कम विवरण पेश
साना दलहरुले निर्वाचनमा कम खर्च गरेपनि एमाले र तत्कालिन सत्ता गठबन्धनको पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले धेरै रकम खर्च गरे । तर आयोगको नियमअनुसार कागजपत्रमा भने कम खर्च भएको देखाएका छन् । ‘नेताहरुले उल्लेख गरेभन्दा बढी रकम खर्च भएको छ, तर बाध्यताले सिमित रकम मात्रै खर्च गरेको विवरण पेश गरेका छन् ।’ इन्सेक गुल्मीका प्रतिनिधि टोपलाल अर्यालले भने, ‘निर्वाचन धेरै महङ्गो भएको छ, कानुन र व्यवहार मिल्दै मिल्दैन ।’ निर्वाचनको स्थिति यही गतिमा कायम रहे अबको चुनाव झनपछि झन महङ्गो हुँदै जाने अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend