logo
  • शनिबार, साउन ३० २०८३

 शिक्षकहरुका लागि योग तथा आयुर्वेद सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

६ माघ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका भित्रका शिक्षकहरुका लागि योग तथा आयुर्वेद सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गुल्मी आयुर्वेद स्वास्थ्य कार्यालय तम्घास गुल्मीको आयोजनामा २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।


तम्घासमा सम्पन्न कार्यक्रममा रेसुङ्गा नगरपालिका भित्रका माध्यमिक विद्यालयका स्वास्थ्य शारारिक पढाउने शिक्षकहरुका लागि योग तथा आयुर्वेद सम्बन्धी जानकारी मुलक कार्यक्रम राखिएको गुल्मी आयुर्वेद स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख माधव बस्यालले बताए । शिक्षकहरुबाट विद्यालयका विद्यार्थीहरुमा विद्यार्थीबाट आम नागरिकमा योग तथा आयुर्वेद सम्बन्धी जानकारी गराउने उदेश्यले यो कार्यक्रम राखिएको निमित्त प्रमुख बस्यालले बताए ।

विश्वव्यपि रुपमा ७० प्रतिशत भन्दा वढि मानिसहरु नसर्ने रोगबाट मर्ने गरेको तथ्याङ्क रहेको छ । यसलाई न्यूनिकरण गर्नका लागि हाम्रो जीवनशैलीमा परिर्वतन गर्नुपर्ने, योग, व्यायम, प्रणायम जस्ता कुरामा ध्यान दिनुपर्ने जस्ता विषयवस्तु कार्यक्रममा राखिएको बस्यालले बताए ।

‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने नारालाई सार्थकता दिनका निमित्त सबै नागरिकले आ–आफनो स्वास्थ्यको जिम्मेवारी लिउने भन्ने उदेश्येले यस्तो खालको कार्यक्रम राखिएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थी यस्तो खालको कार्यक्रम विद्यर्थीहरुबाट सबै माझ पुर्याउन सके यसको महत्व धेरै हुने बताए ।

योग तथा आयुर्वेद महत्व रहेकाले आयुर्वेद स्वास्थ्य सम्बन्धी सबैले जान्न आबश्यक रहेको पन्थीले बताए । खानपान, सर्ने नसर्ने रोग निवारणका निम्ति योग तथा आयुर्वेदको महत्व रहेको गुल्मी आयुर्वेद स्वास्थ्य कार्यालय अध्यक्ष धर्मराज पाण्डेले बताए । हरेक व्यक्ति स्वास्थ्य रहन योग तथा आयुर्वेद महत्व धेरै रहेको समेत पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend