logo
  • शनिबार, साउन ३० २०८३

नेपाल भारत क्रिकेटको उपाधी कोटिया टिमलाई


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रिन्स मिश्रा,कपिलवस्तु माघ ५ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगंजमा संचालन भएको युवा अमन सामाजिक विकास केन्द्र द्वारा संचालित नेपाल भारत मैत्री कप क्रिकेट टूर्नामेंट उपाधी कोटिहको टिमले जितेको छ । बहादुरगंजको खेल मैदानमा भएको फाइनल खेलमा बहादुगंज टिमलाई ७८ रनका विरुद्ध ३ विकेटले कोटिहवा टिमले जित हासिल गरेको हो । विजेता टिमलाई बधाइ दिदै कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले खेलले व्यक्तिलाई सदैब स्वास्थ राख्दै अनुशासनमा कटिबद्ध गराउने बताउनु भयो । खेलकुद प्रतियोगिताले खेलाडी विच अनुशासित र मित्रवत व्यवहारमा समेत परिर्वतन गर्ने नगर प्रमुख शाहले बताउनु भयो । आफु पनि खेलाडी भएकोले खेल र खेलाडीको महत्व बोध भएको बताउदै बहादुरगंजको खेल मैदानलाई व्यवस्थित गरी खेल मैदान बनाउन नगरपालिकाले पूर्ण सहयोग गर्ने उहाँले बताउनु भयो ।क्लबले मैदानलाई व्यवस्थापन गरे नगरपालिकाबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता मेयर शाहले गर्नु भयो । बहादुरगंज खेल मैदानमा भएको नेपाल भारत मैत्री पूर्ण खेलको समापन सत्रमा नेपाल समाजवादी पार्टिका कपिलवस्तु जिल्ला अध्यक्ष राम निवास पुरी , युवा नेता निर्भय सिंह , राष्ट्रीय युवा संघ नेपालका पूर्व केंद्रीय सदस्य नवाब शाह , लोसपा नेपालका जिला अध्यक्ष शिव कुमर गुप्ता, समाजसेवी शिव प्रशाद जैस्वाल, इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरिक्षक धन बहादुर केसी , कृष्णनगर नगरपालिका योजना शाखा प्रमुख शाकिर खान, सेंट जुडस एकडमी स्कूलका प्रधानाध्यापक तफसीर खान, एकीकृत समाजवादी पार्टी नेपालका नगर अध्यक्ष इंतेखाब खान लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend