साझा नेटवर्क
साझा नेटवर्क,काठमाण्डू माघ ५ ।
बिशाल मुभिजको आयोजनामा दोस्रो बिशाल लुम्विनी लोक दोहोरी अवार्ड २०७९ हुने भएको छ । यही माघ १ गते बाट अवार्डको मनोनयन फाराम खुल्ला गरीयको छ ।
लोक तथा दोहोरी बिधा संग सम्बन्धीत रहेर ३२ बिधामा अवार्ड गर्न लागीयको अवार्ड कार्यक्रमका संयोजक धिरज खत्रीले जानकारी गराए । २०७८ बैसाख देखी २०७९ मंसीर सम्म बजारमा आयका गीतहरुलाई अवार्डमा समाबेश गरीने साथै यही फागुनको पहिलो साता उत्कृट पाँचको मनोनयन सार्वजनिक गरीने तथा चैतको पहिलो साता अवार्डको फाइनल कार्यक्रम गरीने अयोजक संस्था बिशाल मुभिजका अध्यक्ष हुम गैरेले जानकारी गराए ।
७ सदस्सीय जुरी निर्णयक रहेको अवार्डमा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भयसी भोटीड सुरु हुनेछ । एस.एम.एस. भोटिडबाट आयको मतलाई ४० प्रतिशत मान्यता दिईने छ भने ५० प्रतिशत निर्णयक मण्डलको र १० प्रतिशत अयोजकको निर्णय लागु हुने अवार्ड कार्यक्रमका संयोजन खत्रीले जानकारी गराए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend