साझा नेटवर्क
साझा नेटवर्क,वीरगञ्ज माघ २ ।
पर्साबाट संचालीत गतिशील अनलाईन न्यूज र वीरगञ्ज भिस्वा यूवा कल्बको संयूक्त आयोजनामा सोमबार यति एयर विमान दुर्घटनामा मृत्यू भएका प्रति दिप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगञ्जको प्रमुख चोक घण्टार र वीरगञ्ज वडा-१५ भिस्वा स्थित त्रिशुल चोकमा सोमबार बेलुका दिप प्रज्वलन गरी श्रद्धाञ्जली ब्यक्त गरिएको छ । बिमान दुर्घटनामा परी मृत्यु भएका ब्यक्तिको सम्झनामा क्लवमा आवद्ध तथा स्थानीयहरुको सहभागितामा दिप प्रज्वलन गरी एक मिनेट मौन धारण समेत गरिएको थियो ।
क्लवका अध्यक्ष प्रविन मनिपालले मृतकप्रति भावपुणर् श्रद्धाञ्जली अर्पण गर्दै विमान दुर्घटनाको स्वच्छ र निपक्ष जाँचगरी सार्वजनिक गर्न आग्रह गरेका थिए । त्यसैगरी विदेशमा रिटायर भएर आएका विमान उडाउन रोक नलगाए अगामी दिनहरुमा कडा रुपमा प्रस्तुत हुन सरकारलाई चेताउनी समेत दिएका थिए ।
आयोजीत श्रद्धाञ्जली कार्यक्रका सहभागी गतिशील अनलाईन न्यूजका संचालक अनिल साह, वाड नं १५ का वडा सद्स्य उदय कुशुवाहा, कल्बका मुकेश यादव, केशर दास लगायत स्थानिय यूवाहरुले मैन बत्ती बालेर शोक प्रकट गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend