साझा नेटवर्क
केशब कंडेल, बुटवल पुष २८ ।
पछिल्लो समयका चर्चित गायक गायिका द्वय रचना रिमाल र भीम दोर्जे तामाङको स्वर रहेको दिलराजा बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
काठमाडौंका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको सो भिडियोमा पछिल्लो समयका चर्चित मोडल गरिमा शर्मा र सुधिर श्रेष्ठले अभिनय गरेका छन भने गीतकार लोकराज अधिकारी क्रिएटिभ डाइरेक्टर रहेको भिडियोमा सुब्रत आचार्य अतिथि कलाकारको रुपमा देखिएका छन् ।
भिडियोमा प्रेममा सफलता पाएका एक सफल प्रेम जोडिको कथालाई दर्साउन खोजिएको छ । रमेश दर्नालको शब्द र संगीतमा सो गीत शरद पाण्डेको कन्सेप्ट र निर्देशनमा भिडियो छायांकन भएको छ ।
सम्पादन विकाश दाहालको सम्पादनमा रहेको भिडियो छायांकन उत्सव दाहालले गरेका हुन । जसको निर्माण दिपखुशी लामाले गरेकी हुन् । भिडियो निर्मात्री लामाकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend