logo
  • शनिबार, साउन ३० २०८३

पन्चेबाजा गित “गुल्मी छापहिलेमा” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कुमार “अविरल” पन्थी,  गुल्मी  पौष २७ ।
पेन्टटेक कण्ट्रायाक्टिङ्गको प्रस्तुतिमा पन्चेबाजाको गीति एल्बम “गुल्मी छापहिलेमा” बजारमा आएको छ । उक्त गित  युट्युव मार्फत डिजिटल बजारमा सार्वजनिक गरीएको हो ।
पछिल्लो समय नेपाली गित सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई बढी प्राथमिकता दिएर गितहरु तयार हुने गरेका छन । अझ भन्नुपर्दा नेपाली बजारमा एल्वम त बिक्नै छोडे, यति सम्म भयो कि भिडियो नबनाएसम्म कुनै पनि गित मिडियामा बज्दैनन । यतिबेला केवल युट्युवको भरमा नेपाली कलाकारहरुले आफ्नो दैनिकी चलाई रहेका छन ।
नेपाली सङ्गीतको बजार ओरालो लागेतापनि नया कलाकार भित्रिने र कलाकारहरुले आफ्ना दर्शक श्रोताहरुको रोजाई एवं माग अनुसारका गितहरु बजारमा पस्किने क्रम भने तीव्र गतिमा चलिरहेको छ । लगनको महिनालाई मध्यनजर गरेर भर्खरै मात्र सार्वजनिक गरिएको “गुल्मी छापहिलेमा” बोलको गीतमा पूर्ण रुपमा माया प्रेमका कुराहरु गरिएको छ ।

राम्री मान्छे बिहेमा देखियो, हेर्छु भन्दा मुहार छेकियो, सँगीसाथी बसेर जिस्किदा, ऐना हेर्न भुलेछु निस्किदा, छापहिलेमा!! जस्ता शब्दहरु गीतमा समेटिएको छ । पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल लोक तथा दोहोरी गायक विक्रम परियार र चर्चित गायिका सान्ती श्री परियारको सुमधुर आवाजमा सजिएको गीतमा गुल्मीको माटोलाई समेट्दै अर्जुन राजले शब्द कोरेका छन् भने नन्दु परियारले लय सिर्जना गरेका छन ।

अमित सुनारको निर्देशन सुनिल परियारको सङ्गीत संयोजन, अजय रेग्मीको छायांकन र सुनिल बिकको शृजनात्मक निर्देशन रहेको उक्त गितमा झविन्द्र आचार्य र अमृता आचार्यलाई मुख्य पात्र बेहुला र बेहुलीको भूमिकामा देख्न सकिन्छ । त्यस्तै अनिल पौडेल, अर्जुन राज, रबिना भन्डारी, विजया बिश्वकर्मा, सुवर्ण दुलाल, बिक्रम परियार, अमित सुनार र सन्तोश काफ्ले लगाएका कलाकारको अभिनय रहेको छ ।

कतारलाई कर्मथलो बनाएका गुल्मी मालिका गाउपालिका ५ का झविन्द्र आचार्यको व्यक्तिगत लगानीमा निर्माण भएको गितलाई गुल्मी जिल्लाको छापहिले लगायताका विभिन्न ठाउँमा छायांकन गरिएको हो ।


भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend