साझा नेटवर्क
बुटवल पुस २७ ।
बुटवल पब्लिक स्कुलले आफ्नो १९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा २ जना पत्रकारलाई सम्मान गरेको छ । राज्य टेलिभिजनका समाचार प्रमुख यमलाल भुसाल र दैनिक लुम्बिनीका सल्लाहकार सम्पादक यानेन्द्र जिसीलाई पत्रकारिताको माध्यमवाट शैक्षिक क्षेत्रमा पुराएको योगदानको कदर गदै विद्यालयले नगद सहित सम्मान गरेको हो ।
त्यस्तै विद्यालयले विद्यालयका शिक्षक कर्मचारी र साताव्यापी कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई पनि सम्मान गरेको हो । विद्यालयले त्यस्तै बुटवलमा संचालित गणेशमान वालकुमारी सैजु विद्धाआश्रमलाई आर्थिक सहयोग पनि गरेको छ ।
तिलोत्तमा नगरपालिका वडा नं. ३ मा संचालित स्कुलको बार्षिक उत्सव तथा अभिभावक दिवसको मुख्य समारोहमा वोल्दै विद्यालयका संस्थापक अध्यक्ष तथा प्राचार्य हेमलाल भुसाल शर्माले शैक्षिक क्षेत्रमा प्रदान गर्ने शिक्षा प्रणाली र परिक्षा पद्धतिमा आमुल परिवर्तन जरुरी रहेको औल्याउनु भयो । राज्यले गर्ने काम नीजि क्षेत्रका विद्यालयले गरेका भएपनि राज्यले नीजि शैक्षिक संस्थाको योगदानको कदर गर्न नसकेको गुनासो गर्नु भयो ।
त्यस्तै कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कल्याण पौडेलले बुटवल पब्लिक स्कूलको स्थापना भन्दा पहिला निकै पछाडी परेको साविक शंकरनगर ८ अहिले विकासमा फडको मार्नमा विद्यालयको महत्वपूर्ण भूमिका रहेको औल्याउनु भयो ।
कार्यक्रममा वोल्ने नीजि तथा आवासिय विद्यालय अर्गनाईजेसन प्याब्सन नेपालका उपाध्यक्ष विष्णु पन्थि, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नीजि तथा आवासिय विद्यालय अर्गनाईजेसन प्याब्सन रुपन्देहीका अध्यक्ष अनतराम शर्मा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, लगाएतले वोल्दै निजी क्षेत्रका शैक्षिक संस्थाले शिक्षा क्षेत्रमा पुराएको योगदानको राज्यले सम्मान गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
स्कुलले विद्यालय परिसर विद्यार्थीहरुले विभिन्न भाषा, समुदाय, सम्प्रदाय तथा भुगोलका मानिसहरुको नाँच गाँन सहितका प्रस्तुति दिएका थिए् । विद्यार्थीहरुको शैक्षिण गुणस्तर संगै खेल क्षेत्रलाई विद्यालयले प्राथमिकताको विषय बनाएको सह प्राचार्य रामचन्द पौडेल र शिक्षिका निहा श्रेष्ठले बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend