logo
  • शुक्रबार, असोज ९ २०८३

राष्ट्रिय आविस्कार केन्द्र नेपालको सहयोगार्थ जापानमा “यलम्बर साँझ २०२३ ”भव्य रुपमा सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,जापान पुष २४ ।

राष्ट्रिय आविस्कार केन्द्र नेपालको सहयोगार्थ नेपाल आदिवासी जनजाति महासंघ,जापानको प्रस्तुति र किरात राई यायोक्खा तोकाइ नागोया को आयोजनामा “यलम्बर साँझ २०२३ ”भव्य रुपमा सम्पन्न भएको छ । सांगितिक भ्रमणमा नेपालको सर्वाधिक ख्याति प्राप्त लोकप्रिय गायक राजेश पायल राई “ राई इज किङ ” र नेपालबाटै आउनु भएका कलाकारद्वय , सबिना योङ्हाङ् लिम्बु र समृद्धि परियारलगायतको प्रस्तुति रहनुका साथै, जापानमा रहेका गायक श्याम शितलले पनि कार्यक्रममा आफ्नो प्रस्तुति दिनुभएको थियो । कार्यक्रम अपेक्षा भन्दा धेरै मात्रामा दर्शक उपस्थित हुनु भएकोले हलमा सिट ब्यबस्थापन गर्न हम्मे हम्मे भएको नेफिन नागोया सह सचिव नरेस राईले वताउनु भयो ।

“राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गर्ने उदेश्य भएको हुँदा दर्शक को खचाखच भएको “किरात राई यायोक्खा तोकाइ अध्यक्ष सुख राज राइ ले बताउनु भयो । कार्यक्रम बारे जानकारी दिनु हुँदै गैर आवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय समिति सदस्य दीपक केसीले जापानमा व्यस्त जीवन शैली र नयाँ बर्षको मार र धेरै कार्यक्रम हरु भई रहेको अवस्थामा पनि १२०० जना भन्दा बढी कार्यक्रममा दर्शक श्रोता आउनुले कार्यक्रम ग्रान्ड सक्सेस भएको वताउनु भयो ।चर्चित गायक राई इज किङ, द भोइस फस्ट रनर सविना योङहाङ र द भोइस किट्स तप फाइनलिस्ट सम्रिदी परियारको जापान टुर कार्यक्रमलाई ब्यवस्थापन गर्नु हुँदै फुकुओका हुँदै आज नागोयामा रहनु हुने नेफिन जापान महासचिव शिशिर लिम्बुले “ हिजो फुकुओकाको र आज नागोयामा सम्पन्न कार्यक्रमबाट सन्तुष्ट रहेको “ र कार्यक्रम ब्यबस्थापक र दर्शक श्रोतालाई धन्यवाद समेत ब्यक्त गर्नुभयो ।

आयोजक संस्था नेफिन जापानले जनवरी १४ मा चिवा फुनाबासीमा र जनवरी १५ तारिख टोक्योमा ” नेफिन जापान सांस्कृतिक कार्यक्रम ” हुने भएको हुँदा चिवा र टोक्यो आसपास रहनु हुने नेपाली दाजु भाई दिदी बहिनीहरु उपस्थितिका लागी पनि हार्दिक अनुरोध गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend