logo
  • शनिबार, असोज १० २०८३

बिद्यालयमा सफ्टवेयर जडान गरि सम्झौता पत्र हस्तान्तरण


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कृष्ण भट्टराई,गुल्मी पुष २४ ।

पशुपति निम्न माध्यमिक बिद्यालय मुसिकोट नगरपालिका ४ दजाकोट गुल्मिमा स्मार्ट स्कुल एप मार्फत कार्य गर्ने गरि सफ्टवेयर प्रणाली जडान भएको छ । गत पुष १७ गतेको अभिभावक भेलाबाट सफ्टवेयर जडान सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित भए पश्चात् बिद्यालयले स्मार्ट स्कुल एपबाट परिक्षणको रुपमा शिक्षक स्टाफ विवरण ,बिद्यार्थी तथ्यांक निर्माण ,दैनिक हाजिरी लगाएत बिद्यालयका विभिन्न क्रियाकलाप अनलाइन सिस्टममा अपडेट गर्दै आएको थियो । आफ्ना छोरा/ छोरि बिद्यालयमा उपस्थित भए/ नभएको तथा उनिहरुले भोलीको लागि गर्नुपर्ने गृहकार्य आफ्नो मोबाइलमा प्राप्त हुँदा अभिभावकहरु हर्षित भएका छ्न ।

सफ्टवेयर चलाउने अधिकांश अभिभावकले स्मार्ट स्कुल सफ्टवेयर चलाउन कठिन हुन्छ कि भन्ने अनेकौं शंका रहेको तर अहिले प्रयोग गर्दा आफुले सोँचेको भन्दा सहज र सरल लागेको प्रतिक्रिया दिएका थिए । बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले बिद्यालयमा सफ्टवेयर जडान भएपछी अभिभावकले आफ्ना बच्चाको दैनिक उपस्थिती ,उनिहरुको सिकाई उपलब्धी लगाएत दैनिक क्रियाकलाप सोझै आफ्नो मोवाईलमा प्राप्त गर्ने हुँदा सफ्टवेयरको प्रयोगले शिक्षण सिकाई थप प्रभावकारी हुने बताउनुभयो । बिद्यालय ,अभिभावक र बिद्यार्थीलाई एकैपटक जोड्न सक्ने भएकोले स्मार्ट स्कुल सफ्टवेयर निकै प्रभावकारी रहेको स्पष्ट पार्नुभयो ।अनलाईन सिस्टमलाई ब्यबस्थित रुपमा सन्चालन गर्ने उद्देश्यले सफ्टवेयर चलाउने सम्पुर्ण अभिभावकलाई लक्षित गरि सफ्टवेयर प्रयोग सम्बन्धी तालिम दिन लागिएको बिद्यालयले जनाएको छ । आज बिद्यालयमा सम्पन्न एक कार्यक्रमका बिच स्मार्ट स्कुलको तर्फबाट कम्प्युटर प्रशिक्षक दधिराम बन र बिद्यालयको तर्फबाट प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरि स्मार्ट स्कुल सफ्टवेयर औपचारिक रुपमा बिद्यालयमा शुभारम्भ भएको घोषणा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend