logo
  • शनिबार, साउन ३० २०८३

शान्तिदीप युवा क्लबको २४ औ वार्षिकउत्सव विविध खेलकुद कार्यक्रम गरि मनाईने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री
पौष २४, गुल्मी ।
विकास अनुशासन गतिशीलता ,युवाहरुको प्रतिवद्धता भन्ने मुल नारालाई आत्मसात गर्दै जिल्लाको पुर्कोटदहमा शान्तिदिप भलिबल रनिङ्गशिल्ड प्रतियोगिता गरिने भएको छ ।

शान्तिदीप युवा क्लब मदाने गाउँपालिका –६ पुर्कोट दह गुल्मीले आफ्नो २४ औ वार्षिकउत्सवको अवसरमा विभिन्न कार्यक्रम गरि मनाउन थालेको हो ।

माघ १३,१४,१५ र १६ गते गरि जम्मा चार दिन सम्म हुने कार्यक्रममा विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रम गरिने क्लब सचिब सुरेश कुवँरले बताए ।

क्लबले बिगतमा पनि यस्तै कार्यक्रम गरि वार्सिकउत्सव मनाउने गर्दथ्यो । विभिन्न कार्यक्रम मध्य ठूलो राशिमा खुल्ला पुरुष भलिबल प्रतियोगिता राखिएको छ ।

जसमा प्रथम हुनेले नगद ३५००० सिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी दोस्रोले २५००० र तेस्रोले १५००० प्राप्त गर्ने छन् । खुल्ला महिला भलिबलमा बिजेताले १२००० र उपबिजेताले ७००० नगत प्राप्त गर्नेछन ।

कार्यक्रममा खुल्ला ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको छ जसमा बिजेताले १२००० र उपबिजेताले ७००० प्राप्त गर्ने कुवँरले बताए ।

सोलो मोटरसाइकल रेस प्रतियोगितामा बिजेताले ५००० र उपबिजेताले २५०० पाउने भएका छन साथै कार्यक्रममा राष्ट्रिय स्थरका तथा स्थानीय कलाकारको पनि प्रस्तुति रहने बताईएको छ ।

कार्यक्रमलाई सभ्य र भब्य पार्नको लागि सबैको साथ रहेको र कतिपय ठाउमा कार्यक्रमलाई हौसला दिने सबैलाइ निम्ता गरिएको छ । पत्र नपुगेको ठाउमा यसै सुचनालाइ आधार मानि उपस्थिति हुन तथा कार्यक्रममा नबुझेको कुरा थाहा पाउनको लागि ९८६६२८९२१३ , ९८६९४०७६७० र ९८६७३७८८८७ मा फोन गर्न सकिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend