logo
  • शनिबार, भाद्र २० २०८३

नवलपरासी सेवा समाज कतारले चौथो बार्षिक उत्सव मनायो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार।
नवलपरासी सेवा समाज कतारले आफ्नो चौथो बार्षिकोत्सव नयाँ बर्ष सुभकामना आदानप्रदान कार्यक्रम भव्यका साथ् मनाएको छ।
सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा कार्यक्रमको आयोजना गरी मनाएको हो।कार्यक्रम अध्यक्ष कृष्ण पन्थीको सभापतित्व र संरक्षक केबि हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको  हो।
बैदेशिक रोजगारीको शिलसिलामा नवलपरासी जिल्लाबाट कतारमा कार्यरत सम्पूर्ण दाजुभाई दिदीबहिनीलाई एकजुट गर्ने र प्रवासमा होस् वा स्वदेशमा गर्नसकिने सम्भावना सामाजिक कार्यहरुमा अगाडी बढने उदेश्का साथ् सन् ५ ओक्टोबर २०१८ का दिन समाजसेवी ब्यक्तित्व केबि हमालको नेतृत्वमा दिपक सेन, दुर्गा हमाल, अमित बराली, सजन लौडारी, कमल खरेल, कृष्ण पन्थी, प्रेम प्रसाद पौडेल, भिम प्रसाद चापागाई, राज पाठक, केश बहादुर गुरुङ लगायतका व्यक्तित्वहरुको सक्रियतामा सुरु गरिएको थियो।

समाजले संस्थाको स्थापना संगै तथा बचत कोषको पहिलो पटक आफ्नो चौथो वार्षिकोत्सब संगै अंग्रेजी नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान गरिएको बताए। कार्यक्रमको समुद्द्घाटन प्रमुख अतिथि केबि हमालले गरेका थिए भने आजिबन सदस्य तथा अभिभावक राम प्रसाद पन्थीद्वारा चौथो वार्षिकोत्सबको केक काटेर नवलपरासीको वार्षिकोत्सब मनाइएको थियो ।

कार्यक्रममा संस्थाका द्वितीय उपाध्यक्ष सुरज कुवरले स्वागत मनतव्यले उपस्थित सबैलाई स्वागत गरेका थिए भने कोषाध्यक्ष नर वहादुर थापाले बचत कोष आर्थिक विवरण र गतिबिधी प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल देखि कतारको भ्रमण आउनु भएका समाजका अध्यक्ष कृष्ण पन्थीको श्रद्धेय पिता राम प्रसाद पन्थी र ममतामयी माता तुलसा कुमारी पन्थी द्वयलाई सम्मान पत्र प्रदान तथा दोसल्ला ओढाइ स-सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख सल्लाहकार सजन लौडारी, सल्लाहकार बिश्वराज नेपाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।भने कार्यक्रममा संरक्षक समितीका सदस्य प्रेम प्रसाद पौडेलले,सल्लाहकारहरु कमल खरेल, भिम चापागाइ, बिश्नु अधिकारी, निबर्तमान कोषाध्यक्ष राज पाठक, बर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारी एबम सदस्यहरु, बचतकोषका सदस्यहरु एवंम् नवलपरासीबासी दाजुभाइ र दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाको संरक्षक केबि हमालले शुभकामना मन्तव्यको क्रममा समाजले स्थापनाको छोटो समयमै आफ्नो लक्ष्य हासिल गर्न सफल भएकोमा खुसी ब्यक्त गर्दै भबिस्यमा अझ सशक्त भएर सामाजिक सेवामा लाग्नु पर्ने बताएका थिए ।

कार्यक्रमको सभापति तथा अध्यक्ष कृष्ण पन्थीले सबैजनालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै नवलपरासी सेवा समाज कतार मात्र सामाजिक कार्यहरुमा सिमित न भएर मातृभूमि नेपाल सम्म निरन्तर सामाजिक सेवामा लागि रहने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण महासचिव दुर्गा हमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend