साझा नेटवर्क
काठमाडौं । २३ पौष । ‘चौथों एपिक नेपाल म्युजिक अवार्ड २०७९’ माघ ७ गते शनिबार मध्यपुर ठिमी नगरपालीका दुइ पोखरी भक्तपुरमा हुने भएको छ। भक्तपुर जिल्ला आफैमा कला र संस्कृतिले भरिपुर्ण भएको एतिहासिक शहर हो। कला र संस्कृतिले मात्र हामी हाम्रो राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्न सक्छौ।
हाम्रो मौलिक भेष भुषा कला संस्कृतिको माध्यमले देशलाई समृद्ध बनाउन सकिन्छ र त्यसको साथै कला संस्कृति र गित संगीतको समिश्रणले अझ हाम्रो पहिचानलाई गर्विलो बनाउन सकिन्छ भन्ने उदेश्यले गरिदैं आएको एपिक नेपाल म्युजिक अवार्डलाइ सुर्य बिनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका वडा नं। ४ ले सहकार्य गरेको छ ।
‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्द्धन हाम्रो अभियान’ भन्ने मूल नारा सहितको यस अवार्ड कार्यक्रम सांगीतिक क्षेत्रमा महाउत्सबको रुममा हेरिन थालिएको छ । कार्यक्रमको तयारि हेर्दा सम्भबत नेपालको नै पहिलो फरक र भब्य म्यूजिक अवार्डको रुपमा लिन सकिने बिज्ञहरु बताउछन।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सम्माननिय केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न हुन लागेको चौथो एपिक नेपाल म्युजिक अवार्डमा नेपालका प्रतिष्ठित कलाकार, पत्रकार, समाजसेवी देखि राजनैतिक नेताहरुको समेत उपस्थिति रहने आयोजक संस्थाकि महासचिब बबिता श्रेष्ठ बताउछिन। अवार्ड समारोहका दिन महानायक राजेश हमाललाई नगद रु। १ लाख १ हजार १ सय ११ रुपैंया सहित महानायक सम्मान प्रदान गरिनेछ । कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ भने कार्यक्रम संचालन आवाजको दुनियाको साथि दिनेश डिसिले गर्ने भएका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend