साझा नेटवर्क
सजिना मोक्तान,टोकियो पुष २० ।
नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) जापानको आयोजना तथा महासंघ सम्बन्ध एकल जातिय संघ संस्थाहरूको सह- आयोजनामा “नेफिन प्रथम साँस्कृतिक साँझ २०२३” को आयोजना हुने भएको छ ।
नेपालमा माहबिर पुनद्धारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोगार्थ एवं जापानवासी नेपाली दाजुभाई, दिदी बहिनीहरुका साथै बिभिन्न संघ संस्थाहरु बिच अपासी सहयोग र सद्भावको भावनालाई अभिबृद्वि गराउने उद्देश्यले नेफिनले नेपालका ख्याति प्राप्त कलाकार राजेश पायल राईको साथमा जापानमा रहेका स्थानीय कलाकारहरुको वेजोड प्रस्तुतीमा “नेफिन प्रथम साँस्कृतिक साँझ २०२३” को आयोजना हुने भएको हो ।
सन् २०२३ जनवरी ८ तारिख जापानको नागोया शहरबाट शुरू हुने साँस्कृतिक साँझ चिबा, ओकिनावा, टोकियो जस्ता जापानका ठुला शहर र राजधानी टोकियोमा आयोजना गर्ने आयोजकले जनाएको छ । तमु धीँ जापान, नेपाल तामाङ समाज जापान, किराँत याक्थुङ चुम्लुङ जापान, नेपाल मगर संघ जापान, किरात राई यायोक्खा जापान, थकाली सेवा समिति जापान, शेर्पा संघ जापान, नेवाः खल जापान, थारू कल्याण कारिणी सभा जापान, नेपाल थामी समाज जापान, र नेफिन जापानका क्षेत्रिय समितीहरु सह-आयोजक रहनेछ ।
कार्यक्रम जनवरी ८ तारिख नागोया, जनवरी १४ तारिख चिबा, जनवरी १५ तारिख राजधानी टोकियो र जनवरी १८ तारिख टप्पु प्रिफेक्चर ओकिनावामा हुने कार्यतालिका रहेको आयोजक संस्था नेफिन जापानका महासचिव शिशिर निङलेकु लिम्बु थाक्साङले जानकारी दिनुभयो ।
पर्देशमा रहुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोगको आवश्यकता पर्ने हुँदा सम्पूर्ण जापानबासी नेपाली दाजुभाई, दिदी बहिनीहरुलाई नेफिन जापानका अध्यक्ष सन्जिव चाम्लिङ राईले हार्दिक निमन्त्रणा तथा उपस्थितिको लागि अपिल गर्नुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend