logo
  • शनिबार, असोज १० २०८३

चन्द्रौटा महोत्सवमा कलाकार दुर्गेश थापामाथि आक्रमण


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क, कपिलवस्तु पुस १६।
७औं चन्द्रौटा महोत्सवमा प्रस्तुति दिइरहेका कलाकार दुर्गेश थापामाथि आक्रमणको प्रयास भएको छ । कपिलवस्तुको पश्चिमी क्षेत्र चन्द्रौटामा आयोजना भइरहेको महोत्सवमा थापा माथि आक्रमण भएको हो ।
महोत्सवमा आफ्नो प्रस्तुती दिइरहेका बेला उनी माथि एकाएक ढुङ्गा प्रहार भएको जनाइएको छ । उनी माथि आक्रमण भए पछि महोत्सवस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

नायक पल शाहसंग जोडेर उनीमाथि आक्रमण भएको हुन सक्ने आशंका छ । शाहलाई थापाले फसाउन सहयोग गरेको शाह समर्थित शुभचिन्तकको आरोप छ । नायक शाह हाल नाबालिका बलात्कारको आरोपमा हिरासतमा छन् ।

शनिवारको दिन दर्शकहरु भीड रहेकाले कसले ढुङ्गा प्रहार गरेको हो पत्ता लाग्न सकेको छैन् । यद्यपि वडा प्रहरी कार्यालय चन्द्रौटाले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । व्यापार संघ कपिलवस्तुले चन्द्रौटामा आयोजना गरेको महोत्सव पुस २१ गतेसम्म संचालन हुने छ । श्रोत : मायादेवी अनलाईन

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend