साझा नेटवर्क
कृष्ण भट्टराई ,गुल्मी पौष १२ ।
पशुपति निम्न माध्यमिक बिद्यालयको ६६ औँ वार्षिकोत्सब समारोह मङ्गलवार सम्पन्न भएको छ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वार्ड नं ४ मा अवस्थित उक्त बिद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरि पौष ११ र १२ मा आफ्नो ६६औँ वार्षिकोत्सब मनाएको हो ।
बिद्यालयले बिद्यार्थीहरु बिच आन्तरिक प्रतिस्पर्धात्मक कार्यक्रम ,पुर्व ब्यबस्थापन समिती अध्यक्ष पुर्व शिक्षक अभिभावक संघ अध्यक्ष ,पुर्व प्रधानाध्यापक /शिक्षक,चन्दादाता,अक्षयकोष निर्माता लगाएत शिक्षा प्रेमी ब्याक्तित्वहरुलाई सम्मान कार्यक्रम गरेको बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले जानकारी दिनुभयो । बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले बिद्यालयको आर्थिक ,भौतिक तथा शैक्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
वार्षिकोत्सब समारोहका प्रमुख अतिथी मुसिकोट नगरपालिका नगर प्रमुख जिवलाल खरेल(जीवन) ले ६६ औँ वार्षिकोत्सब समारोह सफलताको शुभकामना व्यक्त गर्दै गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको र त्यस्तो शिक्षाको ब्यबस्थाको लागि UWS र दजाकोट वासिले गरेको योगदानको प्रशंसा गर्नुभयो।वार्षिकोत्सब कार्यक्रमको अवसरमा अन्तर सदनात्मक रेकर्ड डान्स,रिले दौड,एकल गाएन,अभिभावक स्तरिय घैटोफोर/बेलुन फोर/कुर्ची दौड,बिद्यार्थीको कौडा नाँच,मार्च पास ,पि.टि.प्रदर्शन लगाएत कार्यक्रम गरिएको थियो।
प्रतियोगितात्मक कार्यक्रमका बिजेताहरुलाई पुरस्कार तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।कार्यक्रमको शिलशिलामा नि मा वि सन्चालनार्थ आर्थिक सहयोग गर्ने चन्दादातालाई खादा,माला,दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । पुर्व बिद्यार्थी र शिक्षक स्टाफ बिच पुनर्मिलन कार्यक्रम ,२०७८ सालको वार्षिक परिक्षाको पुरस्कार बितरण ,अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण ,सिङ्गापुर गोर्खा पुलिस र दजाकोट भैलो समुहको अक्षयकोषको छात्रवृत्ति वितरण,२०७९ सालको अर्धवार्षिक परिक्षाको पुरस्कार वितरण लगाएत बिबिध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो ।
बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिको स्वागत मन्तव्य रहेको समारोहमा वार्ड नं ४ का वार्ड अध्यक्ष जुक्त बहादुर छन्तेल,पुर्व शिक्षक खेमराज आचार्य, मधु मल्ल ,पुर्व प्रधानाध्यापक तथा बिद्यालयलाई अहिलेको अवस्थामा ल्याउन अहोरात्र खट्नुहुने शिक्षा प्रेमी हरि प्रसाद छन्तेल,साना किसान कृषि सहकारी संस्था प्रबन्धक विवेक पेमि,UWS नेपाल शिक्षा अधिकृत तथा गुल्मी शाखा प्रमुख अनुज प्र. सिग्देल ,त्रिभुवन मा बि भुवाचिदिबाट दधिराम शर्मा ,मुसिकोट मा वि बडागाउँका प्रधानाध्यापक श्याम बहादुर थापा,पुर्व बिद्यार्थी चन्द्र बि क र वसन्ती रेश्मी लगाएतले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष वालकृष्ण पुन को अध्यक्षता रहेको कार्यक्रममा नगर प्रमुख जीवन खरेलको प्रमुख आतिथ्यता पुर्व प्र. अ. हरि प्रसाद छन्तेल र UWS शिक्षा अधिकृत अनुज प्रसाद सिग्देलको बिशेष आतिथ्यता रहेको थियो।UWS स्कुल मोविलाईजर मिना बोहोरा र कम्प्युटर प्रशिक्षक दधिराम बनको सहजीकरण रहेको कार्यक्रमको सन्चालन सहायक प्रधानाध्यापक सोम बहादुर पेमि र शिक्षिका गिता ढकाल भट्टराईले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend