साझा नेटवर्क
रंजित चौरासिया, बुटवल पुस ९।
यतिबेला नेपालको बिभिन्न प्रमुख शहर तथा ब्यापारीक केन्द्रहरुमा महोत्सवहरु चलिरहेका छन् । लुम्बिनी प्रदेशको मुख्य ब्यापारीक केन्द्रको रुपमा रहेको बुटवलमा पनि १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रबिधि तथा पर्यटन महोत्सब —२०७९ चलिरहेको छ ।
यहि पौष ७ गते राष्ट्रपति बिद्या देवी भण्डारीबाट उद्घाटन भएको महोत्सव भित्र राखिएका खाद्य वस्तुहरुको बिक्रि हुने स्टलहरुबाट बिक्रि बितरणमा चरम लापर्वाही पाईएको छ । प्रारम्भिक रुपमा गरिएको बजार सर्वेक्षणबाट बिभिन्न स्टलहरुमा गैरकानुनी रुपमा कार्य गरिरहेको पाईएपछि शान्ति नेपाल मिडिया तथा आम नेपाली टेलिभिजनको संचारकर्मीहरुको टिम र आयोजक संस्था रुपन्देही उद्योग संघ, नेपाल उद्योग परिसंघ काठमाडौं तथा लुम्बिनी प्रदेश उद्योग परिसंघको अनुगमन बिभागका जिवकान्त काफ्ले तथा आयोजक संस्थाका देविराम पाण्डे सहितको टोलीले अनुगमन गर्दा बिभिन्न कम्पनीका स्टिकर तथा नयाँ मितिको छाप हान्ने मेसिनसमेत बरामद भएको हो ।
शिवा फुड प्रोडक्स मधौलिया १५ रुपन्देही स्थायी लेखा नम्बर ६१८९४८८८६ , शिव ओम फुड प्रोडक्स सिदानर्थनगर रुपन्देही दर्ता नम्बर प्रा. फ.न.घ.उ.वि.१६३२१०५४/५५, न्यौपाने फुड प्रोडक्स, तामनगर बुटवल १२ को न्यौपाने नमकिन दर्ता नं १६०७४/०७५/०७६ तथा ओम महालक्ष्मी अचार उद्योग बुटवल रुपन्देही दर्ता नं १८८७४/०७६/७७ को सामान बिक्री भइरहेको स्टलमा सामानको मुल्यमा हेरफेर तथा स्टलमै सामग्रीमा स्टिकर टाल्ने तथा नयाँ मितिको स्टाम्प लगाउँदा लगाउँदै भेटिएको थियो ।
आज शनिवार भएकोले मानिसहरुको चाप बढिभएको अवस्थामा यि सामाग्रीहरु बिक्रि भएका हुन् । उपभोक्ताको स्वास्थ्य अवस्था माथि गंभिर असर पार्न सक्ने यस्ता खाद्य बस्तुको बिक्री बितरण भईरहँदा सिंगो महोत्सवमाथि नै प्रश्न चिन्ह खडा भएको छ । यस्ता महोत्सवहरुमा सम्बन्धित स्थानिय सरकार, उपभोक्ता संग सम्बन्धि कार्य गर्ने संघ संस्थाहरु तथा जिल्ला प्रशासन कार्यलयकोसमेत अनुगमन हुनु पर्नेमा आज त्यस्तो अवस्था देखिएन । संबन्धित पक्षको समयमानै ध्यान जान सकेन भने यो महोत्सवबाट हजारौं उपभोक्तको स्वास्थ संवेदनशिलता माथि खेलवाड हुने देखिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend