साझा नेटवर्क
रंजित चौरसिया,वीरगंज ७ पुस ।
यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंज भ्रष्टाचारको मामिलामा चर्चा बटुलेको कुरा सर्वविदितै नै छ । सो कार्यालयका लेखा अधिकृत उपेन्द्र यादवले कार्यालय प्रमुख उमेश कुमार रेगमीको आर्शिवाद प्राप्त गरी आफ्नो शाखामा लुटतन्त्र नै मचाई सेवाग्रहीहरुलाई आतंकित बनाई दिएको आरोप लागन थालेको छ ।
सो कार्यालयमा गएका सेवाग्रहीहरुले आफ्नो राजस्व दस्तुर बैंकमा जम्मा गरी लेखा शाखामा नगदी रसिद लिन जांदा सोही रसिदमा ५० वा १०० को नोट बेरेर दिने बाध्य बनाए पछि मात्र नगदी रसिद पाउने गरेको सेवाग्रहीहरुले यस अनलाईनलाई बताएका छन् ।
दिनहुं करिब एक हजार नगदी रसिद काटिने भएको हुनाले अधिकृत यादवको कमाई कतिको हुन्छ, पाठकवर्गहरुले आफै हिसाब किताब गर्दा पुग्छ । यसका अलावा कार्यालय सञ्चालनको लागि आएको बजेटमा पनि अनावश्यक बिल भर्पाई पेश गरी रकम निकासा गरी सो बजेटलाई झ्वाम पार्दै गरेको सो शाखामा कार्यरत्त एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए । अधिकृत यादवको भ्रष्टाचारमा कार्यालयको
प्रमुख हाकिम उमेश कुमार रेगमीले सघाउदै आएको सेवाग्रहीहरुको कथन रहेको छ ।
कार्यालय प्रमुख रेगमी कार्यालयमा एकदम कम समय बस्ने र वहांले गएपछि निमित्त कार्यालय प्रमुखको रुपमा काम गर्ने अधिकृत उपेन्द्र यादवले भ्रष्टाचारमा ताण्डव नै मच्चाएको बताईन्छ । हाकिमको विश्वास पात्रको रुपमा चिनिएका अधिकृत यादवको भ्रष्ट गतिविधिका कारण सेवाग्रहीहरु अनावश्यक दुःख झेल्न बाध्य भएका छन् ।
अधिकृत उपेन्द्र यादवको पटक–पटक सरुवा भए तापनि उनी कार्यालय प्रमुख रेगमीलाई रिझाई रवाना नबुझेको बताईन्छ । भ्रष्टाचारको कमाईबाट वीरगंजको भिस्वामा आलिशान महल ठडयाएको र कैयौं ठाउंमा घडेरीहरु जोडन सफल भएका अधिकृत यादवलाई सम्बन्धित निकायले अनुसन्धान गरी कारवाहीको प्रक्रिया अगाडि नबढाउदा सचेत नागरिकहरु औला टोक्न बाध्य भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend