logo
  • शनिबार, असोज १० २०८३

महोत्सवको योजना ठूल्ठूला, उपलब्धि शुन्य


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रिन्स मिश्रा, कपिलवस्तु पुस ७।
कपिलवस्तुको चन्द्रौटामा अहिले सातौं महोत्सव लाग्दै छ। जिल्लाको पश्चिमी क्षेत्रको रुपमा रहेको चन्द्रौटामा २०७१ मंसिर ३ देखि २४ गतेसम्म प्रथम चन्द्रौटा महोत्सव लागेको थियो।
होटल ब्यवासायी सघं कपिलवस्तुले चन्द्रौटामा पहिलो पटक महोत्सवको बिजारोपण गरेको हो । दोस्रो चन्द्रौटा महोत्सव चन्द्रौटा उद्योग बाणिज्य सघं कपिलवस्तुले आयोजना गरेको थियो। दोस्रो महोत्सव आयोजना गर्दा आयोजक को हुने भन्ने विषयमा ब्यापक बिबाद भएको थियो ।

होटल ब्यावसायी सघंले सुरुवात गरेको महोत्सव दोस्रो बर्ष नै आयोजक हुने विषयमा विबादमा पार्यो ।साविकको विरपुर गाविसको सभाहलमा चन्द्रौटा उद्योग बाणिज्य सघंले मेला लगाउन पाउनु पर्छ भन्दै सर्वदलीय बैठक नै बोलायो । होटल ब्यावसायीको संख्या यस क्षेत्रमा कम भएकाले चन्द्रौटा २०७२ सालमामा चन्द्रौटा उद्योग बाणिज्य सघंले मेला लगाउने बहुमत ब्यापारीहरुको भनाई रह्यो । अन्ततः दोस्रो चन्द्रौटा महोत्सव चन्द्रौटा उद्योग बाणिज्य सघंले नै आयोजना गर्यो ।

तेस्रो चन्द्रौटा महोत्सव आयोजनाको विषयमा झनै किचलो भयो । चन्द्रौटा उद्योग बाणिज्य सघंको अधिबेशनबाट कांग्रेसतर्फबाट उम्मेदवार अध्यक्ष जमसेर अलि मियाँ  निर्वाचित भए । भने एमाले तर्फबाट अध्यक्ष पदको उम्मेदवार बनेका महादेव पोखरेल पराजित भए। पराजित भएलगत्तै पोख्रेलले ब्यापार सघं कपिलवस्तुको शाखा कपिलवस्तुमा गठन गरि अध्यक्ष भए ।

तेस्रो महोत्सवको चर्चा चलिरहेकै समयमा महादेव पोख्रेल चन्द्रौटा महोत्सव गर्ने जिल्ला देखि केन्द्र सम्मको कसरत गरि तेस्रो चन्द्रौटा महोत्सव आयोजना नै गरे । त्यस बखत चन्द्रौटा उद्योग बाणिज्य सघं र ब्यापार सघ कपिलवस्तु विच एक किसिमको शीत युद्ध नै चलेको थियो । तेस्रो चन्द्रौटा महोत्सव लगाउदा दुबै संस्था विच एक एक बर्ष आलोपालो गरि मेला लगाउने सहमति भएको थियो ।

यसरी आलोपालो गर्दै चन्द्रौटामा चौथो, पाचौं, छैठों र सातौं पटकसम्म महोत्सव आयोजना हुँदै आएको छ । सातौं चन्द्रौटा महोत्सव ब्यापार सघं कपिलवस्तु आयोजना गरिरहेको छ। सातौं पटकसम्म महोत्सव आयोजना भइरहदा कपिलवस्तुको चन्द्रौटामा आयोजकले मात्र लाभ लिएको पाइन्छ ।

महोत्सव आयोजना हुँदा केबुलकार निर्माण, धर्मिक स्थलको संरक्षण, पर्यटकिय स्थलको संरक्षण, कृषि, स्थानीय उत्पादन प्रबर्द्धन लगायत नाराहरु जोडदारले उठेको पाइन्छ । आयोजकले के, के नै गर्छौं भन्दै सातबित्ता उफ्रेर भाषण गर्छन तर वावस्तविक रुपमा अझैसम्म केही सामाजिक काम नगरेको स्थानीयले आरोप लगाएका छन ।

सातौ पटक मेला महोत्सव आयोजना भैइरहदा स्थानीय स्तरमा सामाजिक रुपमा शून्य काम भएको आमनागरिक माझ छर्लङ्ग रहेको छ । मेला महोत्सव लगाउदा आयोजक सामाजिक नारासहित देखिन्छन् तर मेला सकिनसाथ आफ्नो एजेन्डा समेत विर्सिएको पाइन्छ ।

यसरी मेला महोत्सव आयोजना गर्दा आमनागरिकहरु आयोजक प्रती रुष्ट भएको देखिन्छ । आर्थिक मन्दी चलिरहेको समयमा स्थानीय ब्यापारीहरुलाई धारायासी बनाउने खेलो प्रती स्थानीय ब्यापारी समेत असन्तुष्ट देखिएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend