साझा नेटवर्क
अनिल खत्री
३ पुस, गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको अध्यक्षमा शिलु भट्टराई चयन भएकी छन् । प्रतिष्ठान गुल्मीको सातौंं जिल्ला अधिवेशनबाट भट्टराईको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ ।
जिल्ला सदरमुकाम तम्घासमा शनिवार राति सम्पन्न अधिवेशनले आगामी २ वर्षको लागि नेतृत्व चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा मोहन बस्नेत, द्धितिय श्रीधर पोखरेल, महिला उपाध्यक्षमा धनमाया राना, सचिव गणेश अधिकारी, सह–सचिव अनिल खत्री, कोषाध्यक्ष, लोकेन्द्र कुँुवर, सह–कोषाध्यक्ष कमल कंडेल चयन भएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए ।
अधिवेशनले खेलकुद बिभाग संयोजक सन्दिप जिसी, सांस्कृतिक संयोजक लालुमाया कुँँवर प्रवक्ता सदस्य धनेद्र कुँवर रहेका छन् । शनिवार सम्पन्न अधिवेशनको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजीले उदघाटन गरेका थिए ।
अधिवेशनको अबसरमा रास्ट्रिय कलाकार पुस्कल शर्मा, नारायण बिपि परियार, गणेश अधिकारी, उज्वल गिरि, रितु थापा, लालुमाया कँुवर लगायत आदा दर्जन वढि कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend