साझा नेटवर्क
कमल पौडेल,बडिगाड मंसिर २४ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन अखिल नेपाल महिला संघ बडिगाडले खार बजारमा अन्तरक्रिया तथा कुर्चिदौड प्रतियोगिता सम्पन्न गरेको छ।
सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान भन्ने नारा सहित सुरु भएको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य मञ्जु शर्मा चालिसेले लैंगिक हिंसाको स्वरुपहरु परिवर्तन भैरहेको भन्दै अहिले पनि शारीरिक तथा मानसिक हिंसा सहन महिलाहरु वाध्य भएको बताउनु भएको छ। खासगरि पितृसत्तात्मक संरचनाको कारण महिलाहरु हिंसामा पर्ने बताउँदै शर्माले महिलाहरु आत्मनिर्भर हुँदा मात्रै हिंसा कम हुने भएकोले आर्थिक उपार्जनमा जोडिनुपर्ने बताउनु भएको छ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य विना कुमारी थापाले महिलाहरु आत्मनिर्भर नभएसम्म हिंसा विरुद्ध बोल्ने आधार तयार नहुने भन्दै श्रमको मूल्यमा समानता र स्वरोजगारी ग्यारेन्टीको लड्नुपर्ने बताउनु भएको छ। अहिलेपनि धेरै प्रकृतिका घरेलु हिंसा वाहिर नआएको भन्दै सामाजिक जागरण मार्फत हिंसा न्यूनिकरण गर्न सकिने बताउनु भएको छ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका परिषद् सदस्य सरस्वती आचार्य, रेनुका घिमिरे लगाएतले बोल्नुभएको थियो। त्यस्तै कार्यक्रमको अवसरमा आयोजित कुर्चिदौड प्रतियोगितामा सिता आचार्य प्रथम, मिना घिमिरे द्धितिय र ज्ञानु थापा तृतिय हुनुभएको छ।
कार्यक्रम अखिल नेपाल महिला संघ बडिगाडका अध्यक्ष केशमाया छन्त्यालको अध्यक्षता, कोषाध्यक्ष थुमकला सापकोटाको स्वागत मन्तव्य तथा सचिव मिना रायमाझिको सञ्चालनमा सम्पन्न भएको थियो।
विगत ३१ वर्ष यता नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिन अन्तराष्ट्रिय रुपमा महिला माथि हुने हिंसा विरुद्ध कार्यक्रम गर्दै आइएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend