logo
  • शनिबार, असोज १० २०८३

इस्मा जालपा देवीको मन्दिर बनाउन सुरु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी मंसिर २३ ।
गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर २ को छल्दीमा जालपा देबीको मन्दिर बन्ने भएको छ । ०५६ सालमा निर्माण गरिएको मन्दिर जीर्ण बनेकाले नयाँ मन्दिर बनाउन लागिएको हो ।
मन्दिरको इस्मा गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले शुक्रवार एक कार्यक्रमको आयोजना गरि मन्दिर निर्माण कार्यको शुभाम्भ गरेकी हुन् । मन्दिरको शिलान्यास गर्दै गाउँपालिकाका उपाध्यक्ष कुँवरले गाउँपालिकाको लागत स्टेमेट अनुसार मन्दिर निर्माण कार्य हुने बताइन् ।
उनले यस मन्दिर निर्माण सम्पन्न गाउँपालिकाले आबश्यक सहयोग गर्ने बताइन् । गाउँपालिका भित्र रहेका कला, संस्कृतिको संरक्षण र त्यसको निर्माण गर्नु गाउँपालिकाको दायित्व रहेको उपाध्यक्ष कुँवरले बताइन् ।

इस्मा गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको मन्दिरको निर्माण समितिले काम गर्ने निर्माण समितिका अध्यक्ष राजन कुँवरले बताए ।

गाउँपालिकासँगै मन्दिर निर्माण कार्यमा सहयोग गर्न इच्छुले आबश्यक सहयोग गर्नका लागि आवहन गरिएको कुँवरले बताए ।सहयोगी दाताले सहयोग गर्न चाहेमा मन्दिर व्यवस्थापन समितिलाई सम्पर्क गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend