साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी मङ्सिर ७।
नवलपरासीको बर्दघाटमा खुकुरी प्रहार गरी हत्या गर्ने ब्यक्ती पक्राउ परेका छन । बर्दघाट नगरपालिका वडा नं.२ चिसापानी बस्ने ५० बर्षिय ज्ञानेन्द्र बहादुर रानालाई अनुसन्धानको क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
मंगलवार राती बर्दघाट नगरपालिका वडा नं.४ स्थित हाटबजार नजिकै बाग्लुङ वडिगाड गाउँपालिका वडा नं.४ स्थाई वतन भई हाल बर्दघाट स्थित खाजा पसल गरि बस्ने ४५ बर्षिया विष्णु कुमारी काउछा र सोही ठाँउ बस्ने ४६ बर्षिय दिलिप कुमार पुन सोही पसलमा बसिरहेको अवस्थामा दुबै जनालाई खुकुरी प्रहार गरी फरार भएका थिए ।
खुकुरीको प्रहारबाट दिलिपको घटना स्थलमै मृत्यु भएको र घाईते विष्णुको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको साथै घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend