logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीको अर्वेनीमा पुनः मतदान गरिने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

हुमाकान्त पोखरेल, गुल्मी मंसिर ४ ।
गुल्मीको कालिगण्डकी गाउँपालिकाको अर्वेनीमा पुनः मतदान गरिने भएको छ । वडा नम्बर २ अर्वेनीमा रहेको भगवती माध्यमिक विद्यालयको ‘क’ केन्द्रमा मतदान स्थगित गरी पुनः मतदान गर्ने गरी तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिए ।

निर्वाचन प्रक्रिया चलिरहेको अवस्थामा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभा प्रत्यक्ष तर्फको मतपत्र परेपछि मतदान प्रक्रिया स्थगित गरिएको हो । प्रतिनिधिसभाका हुनुपर्नेमा ५५ मतपत्र प्रदेश सभाका रहेको जनाइएको छ ।

भगवती माविमा कुल एक हजार ३६९ मतदाता रहेका छन् । पुनः मतदान कहिले गर्ने बिषयमा छलफल भइरहेको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend