logo
  • शनिबार, असोज १० २०८३

नवलपरासीमा ७२ प्रतिशत मत खस्यो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सहबान अन्सारी, नवलपरासी मङ्सिर ०४।
नवलपरासीमा प्रतिनिधी तथा प्रदेशसभा सदस्य पदकालागी निर्वाचनमा ७२ प्रतिशत मत खसेको छ । मतदानका लागी बिहान ७ बजे देखी साँझ ५ बजेसम्मको समय अबधिमा सबै मतदान केन्द्रहरुमा शान्तिपुर्ण मतदान सकिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए ।

जिल्लामा दुई निर्वाचन क्षेत्रमा १२० मतदान स्थल,२८७ मतदान केन्द्र र १ अस्थाई मतदान(जिल्ला कारागार) केन्द्रमा शान्तिपुर्ण मतदान कार्य सम्पन्न भएको हो ।

जिल्लामा कुल २ लाख ४० हजार ९ सय ३० मतदाता रहेका छन । जसमध्ये महिला १ लाख १९ हजार ६५, पुरुष १ लाख २१ हजार ८ सय ६१ र अन्य ४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend