साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी मङ्सिर १।
नवलपरासीको एक मतदान स्थलमा महिला कर्मचारी मात्र खटिएका छन । आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. २ तथा प्रदेश सभा क्षेत्र नं. २ को १ अन्तर्गत रामग्राम नगरपालिका वडा नं. १ स्थित सयपत्री बोर्डिङ स्कुल मतदानस्थलमा मतदान अधिकृत सहित सम्पर्ण कर्माचारीहरु महिला रहेको खटिएका हुन ।
साथै मतदान स्थलमा सुरक्षा व्यवस्थापनको लागि उक्त मतदान स्थल तथा मतदान सम्बन्धी कार्यको सुरक्षार्थ यस कार्यालयबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा ४ जना महिला प्रहरी र ९ जना महिला म्यादी प्रहरी गरी जम्मा १३ जना महिला सुरक्षाकर्मी खटाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । साथै यस कार्यालयबाट १ किलोमिटर पुर्व उत्तरमा पर्ने उक्त मतदानस्थलमा २ वटा केन्द्र रहेको ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend