logo
  • शनिबार, साउन ३० २०८३

नवलपरासीको स्वाभिमान कुल्चनेलाई अब जनताले चिन्नुपर्छ : चौधरी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सहबान अन्सारी, नवलपरासी कार्तिक ३० ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले नवलपरासीका जनताको स्वाभिमान कुल्चिनेलाई जनताले चिन्नुपर्ने र चुनावबाट बिदाइ गर्नुपर्ने बताएका छ्न।
आफ्ना प्रतिस्पर्धि हृदयेश त्रिपाठी तर्फ ईङ्कित गर्दै चौधरीले जनताबिचको आपसी सद्भावमा खलल पुग्ने खालका गतिविधि गर्ने,चुनावका बेला अनेकौ प्रोपोगन्डा झिकेर सामुदायिक एक्यवद्धतालाई भाड्ने प्रवित्तलाई बढार्नु पर्ने जिकिर गरे।

बिकासको मुल लाई बन्द गरेर जनतालाई आज सम्म भुमरीमा हाल्नेहरुको गफ अब नचल्ने उनले बताए।हामी गफ गर्न आएका हैनौ आफुसग कुनै एजेन्डा नहुनेहरुले हाम्रो बिरोध गरीरहेका छन हामिसग बिरोध होईन यो क्षेत्रको स्पष्ट बिकासको खाका छ चौधरीले भने।बर्दघाट ४ को मुख्य बजारमा आज चुनावी कोण सभालाई सम्बोधन गर्दै चौधरीले ५ बर्षमै यो क्षेत्रको बिकासले फड्को मार्ने दावी गरे।

सभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्यका उमेदवार विश्वप्रेम पाठकले आफु चुनाव यो क्षेत्रको बिकासका लागि आफू सधै जनताको साथमा रहेको बताए।म हिजो पनि तपाईहरुकै उमेदवार थिए आज पनि छु यसपटक सफल बनाउनुहुनेछ भन्ने बिश्वास बोकेको छु पाठकले भने अब हाम्रो भिजनलाई एक पटक प्रयोग मात्र गर्न दिनुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend