साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी कार्तिक ३० ।
पुर्वमन्त्री तथा जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले उधोगपति बिनोद चौधरीले राजनीतिलाइ ब्यपारको पेशा बनाउन खोजेको आरोप लगाएका छन । अहिले आफ्नो ब्यपारको माध्यम राजनीतिलाई बनाउन खोजेकोले प्रत्यक्ष रुपमा चुनावी मैदानमा उत्रिएको आरोप लगाउनु भयो ।
प्रतिस्पर्धामा रहेको चौधरी यो देशको सबै भन्दा धनाढ्य ब्यक्ति रहेपनी कर तिर्नेमा २९ नम्बरमा किन त्रिपाठीले प्रश्न गरेका हुन । निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका नेता त्रिपाठीले सुर्यपुरामा आयोजित कोण सभा सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन।
यस क्षेत्रका जनताहरुको लागी ईज्जत प्रतिष्ठा जोगाउन यो पाली चुनावी मैदानमा उत्रिएको बताए। त्रिपाठीले भन्नु भयो, यदि म चुनाव लडेको भए यहाँका जनताले त्रिपाठी अर्बपति बिनोद चौधरीको पैसामा विक्यो वा डरले मैदान छोडयो भन्ने आरोप जस्ता कलंकबाट जोगिन चौधरीको चुनौती स्वीकार गरेको हु।
कोणसभामा उक्त निर्वाचन क्षेत्रको ख मा प्रदेश सभा सदस्य पदका उम्मेदवार दिपकराज शर्मा, एमाले जिल्ला सचीव धिरज शर्मा, जनता प्रगतिशिल पार्टीका नेतृ अन्जु चौधरी लगायत विभिन्न नेता कार्यकर्ताहरुले आ–आफना विचार व्यक्त गरेका थिए । जिल्लाको उक्त निर्वाचन क्षेत्रमा जनता प्रगतिशिल पार्टी र नेकपा एमालेको चुनावी तालमेल छ भने कांग्रेसको सत्तापक्ष ५ दलिय गठबन्धन छ ।
यस पटक नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अर्बपति चौधरी आमने सामने भएपछी त्रिपाठी बिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
नेता त्रिपाठी गत चुनावमा एमालेको सुर्य चुनाव चिन्ह लिएर सोही क्षेत्रबाट चुनाव जितेका थिए भने यस पटक आफनो पार्टीको चुनाव चिन्ह लिई मैदानमा उत्रिएको र उनलाई एमालेको समर्थन रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend