logo
  • शनिबार, असोज १० २०८३

सुरेन्द्र कुर्मीको घरदौलोमा जनसागर उर्लियो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

रंजित चौरसिया,वीरगञ्ज कार्तिक ३०।

मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन पर्सा क्षेत्र नम्बर २ का जसपा–एमाले गठबन्धनका कार्यकर्ता सक्रियरुपमा लागिरहेका छन् ।उनीहरु १७ कात्तिकदेखि दिनहुँजसो निरन्तर मतदाताको घरदैलोमा पुगी छाता सूर्य चिन्हमा मतदान गरी आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका छन् । सो क्षेत्रमा एमालेबाट प्रतिनिधिसभातर्फ सुरेन्द्र कुर्मी र प्रदेशसभातर्फ (क) मा रामनरेश यादव र (ख) मा हरेराम पटेल चुनावी मैदानमा छन् । चुनावी घरदैलो अन्तर्गत वीरगञ्ज महानगरपालि वडा २४ मा कुर्मी र पटेलप्रति जनसहभागि रहेको देखिएको छ ।

पर्सा क्षेत्र नं २ बाट गठबन्धनका साझा उम्मेदवार बनेका कुर्मी र पटेलले मतदातालाई आफ्नो योगदानको स्मरण गराउन मतदाताको घरदैलोमा पुगेका हुन् । घरदैलोका क्रममा स्थानीयले उम्मेदवारलाई फुलमालसहित स्वागत गर्दै जीतको शुभकामना पनि दिएका थिए ।

चुनाव प्रचारका क्रममा जसपा–एमाले गठबन्धन कार्यकर्ताहरुले आफ्नो राम्रो माहोल देखेका छन् । त्यसैले आफ्ना तीनै जना उम्मेदवार विजयी हुनेमा गठबन्धन विश्वस्त देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend