logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा एक वृद्धा मृत फेला


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री
२९ कात्तिक, गुल्मी । गुल्मीमा एक जना बृद्धा मृत फेला परेकी छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–५ दरिङ गुङ्गा निवासी ७४ वर्षकी जीवकला थापा आफनै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए ।
मृत अवस्थामा फेला परेको सूचना प्राप्त हुनसाथ तत्काल प्रहरी नायव उपरीक्षक खरेलको कमाण्डमा टोली खटिगई घटनास्थलको अनुसन्धान गरि रहेको छ । मृतक थापा बस्ने घरको बाहिरबाट ढोकामा ताल्चा लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend