logo
  • शनिबार, असोज १० २०८३

बारा ३ मा स्वतन्त्र उम्मेदवार प्रदिप यादवलाई जिताउन मतदाताहरु अग्रसर


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क,बारा कार्तिक २७ ।

बारा क्षेत्र नम्बर ३ को (ख) का स्वतन्त्र उम्मेदवार प्रदिप प्रसाद यादवलाई जिताउन मतदाताहरु आफै अग्रसर भएर जुटेको पाईएको छ । आईतवार बारा क्षेत्र नम्बर ३ “ख” अन्तर्गत पर्ने कलैया उपमहानगरपालिका वडा नं. १० मटिअर्वा, निलकण्ठवा लगायतका टोलहरुमा घरदैलो कार्यक्रम गर्दै स्वतन्त्र उम्मेदवार यादवले आफनो चुनाव चिन्ह लालटेन छापमा मतदान गर्न आग्रह गरेका थिए ।उम्मेदवार यादवलाई जिताउन युवाहरुले काँधमा काँध मिलाएर सहयोग गरिरहेको तथा बृद्धहरुले आर्शिवाद दिईरहेको जनाइएको छ । घरदैलोको क्रममा सयौं युवा, महिलाहरु मत मागिरहेका छन् । उनी प्रति बढेको जनलहर देख्दा उनको जित सुनिश्चित जस्तो भएको मटिअर्वाका बृद्ध रामप्रित प्रसादले बताए । बारा लगायत मधेस प्रदेशको बिभिन्न जिल्लाहरुमा बढ्दै गएको भ्रष्टाचारले आजित भएका जनताहरु हाल स्वतन्त्र उम्मेदवारको पक्षमा देखिएको स्वतन्त्र उम्मेदवार प्रदिप प्रसाद यादवले बताए ।

पार्टीका नेताहरु निर्वाचनको समयमा आउने जनतालाई बिभिन्न किसिमको आश्वास दिने बाहेक विकास निर्माणमा केही गर्न नसकेको भन्दै यसपालि स्वतन्त्र उम्मेदवारलाई नै रोेज्ने सियाराम साहले बताए । पार्टीका नेताहरुले विभिन्न सामग्री, रक्सी, मासु बाडेर निर्वाचित हुने सपना अब त्यागे हुन्छ, जनता अहिले बुझने भैसकेकोले जनताले जेलिए पनि आफनो विवेकले भोट दिनेमा आफु विश्वस्त रहेको यादवले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend