साझा नेटवर्क
रंजित चौरासिया, पर्सा कार्तिक २६।
पर्सा क्षेत्र नंं. १ (क) बाट प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार सुधिर पटेलले जनतालाई अधिकार सम्पन्न बनाउने मेरो लक्ष्य रहेको बताएका छन ।
वीरगंज महानगरपालिका वडा नं. ३२ जितपुर परसवा टोलमा घरदैलोका लागि पुगेका उम्मेदवार पटेलले यस भन्दा पहिला निर्वाचित जनप्रतिनिधिहरुले ५ वर्षमा जनतालाई भलो हुने काम गर्न नसकेको बताए । उनले देशमा सम्पूर्ण उत्पीडित जनताहरुको हक अधिकारको सुनिश्चितता तथा चौतर्फी विकासका लागि स्वतन्त्र उम्मदेवारको पक्षमा मत दिन मतदाताहरुसँग आग्रह गरे ।
बिगत दुई दशक देखि विद्यार्थी राजनीतिको सुरुवात गरि प्रजातान्त्रिक आन्दोलन समेतमा अग्रगामी भूमिका खेल्दै आएका स्वतन्त्र उम्मेदवार पटेललाई जितपुर परसवामा मतदाताहरुले फुलको माला र टिका लगाई जितको अग्रिम शुभकामना दिएका थिए । प्रायः दिनहुं जनताको घरदैलो पुग्ने सुधिर यसपाली मतदाताले परिवर्तन खोजेको र यसपालिको चुनावमा स्वतन्त्र उम्मेदवार प्रति जनताको सहानुभूति देखिएको छ ।
घरदैलोको क्रममा उम्मेदवार पटेलले पर्चा, पम्पलेट र आफ्नो चुनाव चिन्ह रिक्सा छापको व्यालेट पेपर समेत मतदाताहरुलाई बाँडेका थिए । निर्वाचन नजिकिदै जाँदा कतिपय उम्मेदवारहरुले रक्सी, मासु, पैसा लगायतका प्रलोभनहरु दिरहेको भन्दै स्थानिय रामखेलावन महतोले त्यो प्रलोभनमा नपरी विकास प्रेमी, जनताको सुख, दुःखमा काम लाग्ने युवा स्वतन्त्र उम्मेदवार सुधिर पटेलको रिक्सा छापमा मतदान गर्न सुझाएका थिए
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend