logo
  • शुक्रबार, असोज ९ २०८३

गठबन्धनका उम्मेदवारहरु सँगै घरदैलोमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रञ्‍जित चौरसिया, वीरगंज कार्तिक २४ ।
पर्सा निर्वाचन क्षेत्र नं. २ बाट गठबन्धन गरी उम्मेदवारी दिएका एमाले र जसपाका उम्मेदवारहरु सँगसँगै मतदाताको घरदैलोमा पुगी भोट माग्दै छन् । सो क्रममा उनीहरूले मतदाताबाट आर्शीवाद लिँदै चुनावी अभियानलाई तिव्रता दिएका छन् ।
जसपा एमालेको संयुक्त घरदैलो कार्यक्रम आज वीरगञ्ज ३ छपकैया टोलमा सम्पन्न भएको छ । घरदैलोमा क्षेत्र २ का प्रतिनिधि सभाका उम्मेदवार सुरेन्द्र कुर्मी र क्षेत्र २ को (क) का उम्मेदवार हरेराम पटेलले छाता र सूर्यमा मतदान गर्न आग्रह गरेका थिए ।

उहाँहरूले वीरगञ्ज वडा नं. ३ छपकैयामा पुगेर मतदाताहरुसँग आफूहरुलाई मतदात गरी विजय गराउन आग्रह गरेका थिए । जनताको घरदैलोमा पुगेका कुर्मी र पटेललाई भने मतदाताहरुले रुचाउन थालेका छन् ।

यसक्षेत्रमा विकास र समृद्धिको लहर ल्याउने दुवै उमेदवारले प्रतिवद्धता जनाएका छन् । चुनावी घरदैलो कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend