logo
  • शनिबार, असोज १० २०८३

बारा–३ “ख”का स्वतन्त्र उम्मेदवार यादवको घरदैलोमा सयौंको सहभागीता


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

रञ्‍जित चौरसिया, बारा कात्तिक २३ ।
बारा निर्वाचन क्षेत्र नं. ३ “ख” बाट प्रदेश सभा सदस्य पदका स्वतन्त्र युवा उम्मेदवार प्रदिप प्रसाद यादवको घरदैलोमा दिनहुँ सहभागीहरुको संख्या बढन थालेको छ । स्वतन्त्र उम्मेदवार यादवले आफनो चुनाव चिन्ह लालटेन छापमा मतदान गर्न आग्रह गर्दै बुधवार कलैया उपमहानगरपालिका वड नं. ९ को रामपुर लगायतका टोलहरुमा घरदैलो गर्नु भएको छ ।
कलैयाको रामपुर चौकबाट सुरु भएको घरदैलो विभिन्न टोलहरु घुमी स्वतन्त्र उम्मेदवार यादवले लालटेन छापमा मतदान गरी भारी मतले विजयी गराउन आग्रह गरेका थिए । सो घरदैलोको क्रममा स्वातन्त्र उम्मेदवार यादवले यो क्षेत्र विकास लगायत हरेक दृष्टिकोणले पछाडि परेकोले आफु निर्वाचित भए पछि जनताको हरेक समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन ।

सो अवसरमा स्वतन्त्र युवा उम्मेदवार यादवले चुनावका बेला विभिन्न लोभलाग्दा नाराहरु लिएर यस भन्दा अगाडि जितेर गएका नेताहरुले मतदाता अगाडी आउदा थुप्रै वाचाहरु गर्छन तर पछि सबथोक विर्सने गरेको र जनताको समस्या ज्यूकात्यू रहेको बताए ।

स्वतन्त्र उम्मेदवारको घरदैलोमा सयौंको सहभागीता देख्दा र स्थानियहरुले जिताउने प्रतिबद्धता जनाउनुले पनि उनको जित लगभग पक्का नै रहेको आकलन हुन थालेको छ ।

घरदैलोमा वीरगंज देखि भारतको दिल्लीसम्म पैदल यात्रा गरेको युवा शेख मुन्ना, स्थानिय समाजसेवी, बुद्धिजिवि, महिला लगायत सयौंको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend