logo
  • शनिबार, साउन ३० २०८३

अरु जस्तो झुठा आश्वासन नबाड्ने:अधिवक्ता कुर्मी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

 

रंजित चौरसिया,वीरगंज २२ कार्तिक। नेकपा एमाले र जसपा पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारअधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले घरदैलो कार्यक्रममा आफ्नो सक्रियता बढाएका छन् । अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले घरदैलो आज मंगलबार पर्सागढी नगरपालिकाको वडा नम्बर ८ का हरपुर गाँउमा घरदैलो कार्यक्रम गरेका छन ।

घरदैलो कार्यक्रममा गाउँबासीहरुले नेपाली कांग्रेसको सरकारले शिक्षा , स्वास्थ्य , कृषि एवं पूर्वधार विकासमा ध्यान नदिई मात्र कार्यकर्ता पालन पोषणमा लागेको आरोप सहित गुनासो गरेका थिए । गाउँबासीहरुको गुनासो सुन्दै नेता सुरेन्द्र प्रसाद कुर्मीले अब आउने चुनावमा जनताको पक्षमा काम गर्न नेकपा एमाले र जसपाका साझा उम्मेदवार लाई मतदान गर्न अनुरोध गरेका थिए ।

अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीलाई उत्साहित जनताहरूले गाउँ गाउँमा फूलमाला , अबिर लगाई स्वागत गरेका थिए । नेता कुर्मीले पर्सा क्षेत्र नम्बर २ को बिकाशको लागि जसपा र एमाले नेतृत्वका सरकार आवश्य पर्ने भएकोले जसपा ,एमालेलाई बिजयी गराउन आग्रह गर्नुभयो । क्षेत्र नम्बर २ को बिकाशको लागि आफु पहिला देखि नै कार्यहरु गर्दै आएको छु । मतदातासँगको भेटघाटमा दुवै उम्मेदवारले मधेस र देशका लागि जसपा–एमाले गठबन्धनलाई मत दिएर विजयी बनाउन आग्रह गरे । प्रतिनिधिसभा सदस्य उम्मेदवार कुर्मीले आफू पहिलो पटक चुनावी प्रतिस्पर्धामा आएकाले अरु जस्तो झुठा आश्वासन नबाड्ने बरु जनताले अवसर दिए क्षेत्र र जनताका लागि उदाहरणीय काम गरेर देखाउने वाचा गरे । चुनावी घरदैलो कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताको सहभागीता रहेकाे थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend